मोरङ कारागारका कैदीबन्दीद्धारा बृद्धाआश्रमलाई सहयोग
विराटनगर । विराटनगरस्थित मोरङ कारागारका कैद सजाय भोग्दै आएका कैदीबन्दीहरुले शनिबार विराटनगर ८ मा रहेको विराटेश्वर बृद्धाआश्रमलाई खाद्यान्य र नगद सहयोग गरेको छ । कैदीबन्दीहरुले ४० हजार मुल्य बरावरको खाद्यान्य र २१ हजार रुपैयाँ नगद सहयोग गरेको मोरङ कारागारका चौकीदार अभिषेक गिरीले जानकारी दिए । मोरङ कारागारमा ९ सय ६२ जना केदीबन्दी रहेका छन् । जसमा ७० जना महिला छन् ।
Leave a Reply