जीविकोपार्जनका लागि जडिबुट्टीको व्यापार

जीविकोपार्जनका लागि जडिबुट्टीको व्यापार

एन्जु शिवाकोटी, विराटनगर । संखुवासभा भोटखोलाकी डोल्मा शेर्पा हरेक बर्ष हिमाली भेगबाट बर्षेनी जीविकोपार्जनका लागि मधेश झर्ने गछिन् । गत बर्ष झै उनी यस बर्ष पनि जडिबुट्टी लिएर माघको अन्तिम साता मधेश झरेकी छिन् । उनीले इटहरीमा एउटा भाडाको कोठा लिएकी छन् । हरेक दिन आफुले ल्याएका जडिबुट्टी लिएर विराटनगर आउने गछिन् ।
सधावर्षहरुमा उनी मधेशका बजारहरुमा जडिबुट्टी लिएर डुल्ने गर्थिन भने यस बर्ष उनीले एउटा निस्थित ठाँउ बनाएइकी छन् । हरेक विहान इटहरीमाबाट १० बजे विराटनगर हनुमान मन्दिर नजिकैको ठाकुरवाडी रोड जाने बाटोको सडक पेटिमा व्यापार लिएर बस्ने गर्छिन् ।
फाल्गुनमा मधेश झरेकी डोल्मा बैशाखको अन्तिम सातातिर घर फर्कने बताउछिन् । उनी भन्छिन्,‘जीविकोपार्जन गर्न अरु कुनै माध्यम छैन, यस जडिबुट्टीको व्यापार घर धान्न राम्रो विकल्प बनेकको छ ।’270031680_660543908451590_3353792041896809912_n
डोल्मा मात्र होइन संखुवासभाबाट धेरै युवायुवतिहरु हिउँदमा जडिबुट्टीको व्यापार लिएर आउने गर्छन् । डोल्माको साथमा उनका दाई छिरिङ शेर्पा पनि आएका छन् । डोल्मा विराटनगरमा व्यापार लिएर इटहरीबाट विहान आउने गर्छिन भने उनका दाई इटहरीबाट इनरुवा जाने गर्छन् ।
बर्खाभरि हिमालका जंगलमा,पहरामा खोला किनारबाट जडिबुट्टी आफू र दाई मिलेर बटुल्ने गरेको डोल्माले बताइन । उनले भनिन,‘यो हाम्रो पुस्तेनी व्यापार हो । जडिबुट्टीहरु लिएर पहिला बुवा आमाअरु मधेश आउने गर्नु हुन्थ्यो । दाई र मलाई आमाबुबाले नै जडिबुट्टी चिनाउनु भयो । र कस्तो ठाउँमा कस्ता जडिबुट्टी पाइन्छ भनेर सिकाउनु भयो ।’
मधेशका बजारहरुमा जडिबुट्टीको माग धेरै हुने गरेको र आफ्नो घरको आर्थिक अवस्थामा यस व्यापारले सुधार ल्याएको डोल्माको भनाइ छ । हरेक बर्ष पूर्वी मधेशका विभिन्न बजारहरुमा जडिबुट्टी लिएर आउने गरेको उनले बताइन् ।
विहान १० बजे देखि ठाकुरवाडी रोडमा उनी बेलुकीको ५ बजे सम्म आफ्नो व्यापार लिएर बस्ने गर्छिन् । दिनको ३ हजार देखि ५ हजार सम्मको व्यापार हुने गरेको डोल्माले बताइन् । सबैभन्दा बढी सालधुप बिक्री हुने गरेको उनको भनाई छ । सालधुपको पुजा गर्दा धुपको रुपमा प्रयोग गर्ने गरिन्छ ।
‘यो मौसममा संखुवासभामा अत्याधिक चिसो हुने गरेकाले बर्खाको समयमा जडिबुट्टी बटुल्ने र हिँउदमा मधेशमा ल्याएर बेच्ने गछौं ।’ डोल्माले भनिन,‘हिउँदमा जाडो पनि छलिने र व्यापार पनि राम्रो हुने गर्छ ।’
हिमाली क्षेत्रमा पाइने पाँचऔले, पाखन्बेद,बुढो ओखती, सालधुप, चिराइतो, भेडाको घिउ, कौडा, चिनफिङ आदि जडिबुट्टीहरु मधेश ल्याएर बिक्री गर्ने गरेको डोल्माले बताइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.