सुर्खेत । सुर्खेतको सदरमुकाम वीरेन्द्रनगरमा २०६२÷०६३ को जनआन्दोलनका बेला भत्काइएको स्वर्गीय राजा वीरेन्द्रको १६ वर्षपछि वीरेन्द्रको शालिक पुर्नस्थापना गरिएको छ।
स्वर्गीय राजा वीरेन्द्रको ७७ औं जन्मजयन्तीको अवसर पारेर स्वतन्त्र नागरिक समाजको नामबाट शालिक पुर्नस्थापना गरिएको हो। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको मुख्य चोकसमेत रहेको वीरेन्द्र चोक १६ वर्षदेखि विवादका कारण विना शालिकको रहेको थियो। जसका कारण चोकमा गमला राखिएको थियो। २०४४ सालमा राजा वीरेन्द्रले स्वयम् वीरेन्द्र चोकको अनावरण गरेका थिए।
शालिक राख्ने विषयमा राजनितिक दलहरुबीच विवाद भएपछि स्थगन भएको थियो। वीरेन्द्रनगर नगरपालिकाले चोक भत्काएपछि नयाँ शैलीमा निर्माण गरेको थियो। तर, शालिक राखिएको थिएन। सुर्खेत उपत्यका राजा वीरेन्द्रले मन पराएपछि २०२९ सालमा माधवभक्त माथेमालाई ल्याएर गुरुयोजना समेत बनाउन लगाएका थिए। अहिले त्यही गुरुयोजनामा बनेका संरचनामा प्रदेश सरकार अन्र्तगतका मन्त्रालयहरु रहेका छन्।
स्वर्गीय राजा वीरेन्द्रको कदम र योगदानलाई सम्मान गर्दै अहिलेलाई अर्धकदको शालिक पुर्नस्थापना गरेको स्वतन्त्र नागरिक समाजका अगुवा भरतप्रसाद ढकालले बताए।