सप्तकोसी डेभलेपमेन्ट बैंकका लेखा प्रमुख र अपरेसन प्रमुख पक्राउ

सप्तकोसी डेभलेपमेन्ट बैंकका लेखा प्रमुख र अपरेसन प्रमुख पक्राउ

विराटनगर। सप्तकोसी डेभलेपमेन्ट बैंकका लेखा वित्त प्रमुख देवीप्रसाद भण्डारी र अपरेसन प्रमुख अमित थापा मगर पनि पक्राउ परेका छन्। मोरङ प्रहरीले बैंकको आर्थिक अपचलन गरेको आरोपमा पक्राउ गरेको हो । सप्तकोशी डेभलपमेन्ट बैंकको १५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ घोटाला गरेको आरोपमा यस अगाडी मंसिर १९ गते बैंक कर्मचारी हिमाल भट्टराई  लाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीले उनीहरूलाई बुधबार साँझ बैंकबाटै पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए। बैंकको रकम घोटाला प्रकरणमा बैंकका प्रमुख कार्यकारी अधिकृत नवीन सुवेदी पक्राउ परेपछि उनीहरू पक्राउ परेका हुन्।

यसअघि मोरङ प्रहरीले बैंकका जिएसडी प्रमुख हिमाल भट्टराईलाई पक्राउ गरी बैंकिङ कसूरमा अनुसन्धान गर्दै आएको छ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *