शिक्षक सेवा आयोगको १३ हजार ९३ शिक्षक माग

शिक्षक सेवा आयोगको १३ हजार ९३ शिक्षक माग

काठमाण्डौं । शिक्षक सेवा आयोगले प्राथमिक तहमा १३ हजार ९३ शिक्षक माग गरेको छ । मंगलबार बसेको आयोगको बैठकले ठूलो संख्यामा शिक्षकको विज्ञापन गरी स्थायी नियुक्तिको तयारी गरेको हो । आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले आयोग बैठकले प्राथमिक तहमा १३ हजार ९३ शिक्षक माग गर्ने निर्णय गरेको जानकारी दिए ।

आयोगले बुधबार समावेशी रूपमा विज्ञापन गर्दै छ । प्राथमिक शिक्षकका लागि खुलामा सात हजार दुई सय तीन, महिला एक हजार आठ सय ५४, दलित महिला ६०, मुस्लिम महिला ३० जना माग गर्ने निर्णय गरेको छ । त्यसैगरी, आदिवासी जनजाति एक हजार पाँच सय ९०, मधेसी एक हजार दुई सय ९८, दलित पाँच सय ३०, अपांगता भएका दुई सय ९३ र पिछडिएको क्षेत्रबाट दुई सय ३४ शिक्षक माग गर्ने निर्णय गरेको छ । आयोगले केही समयअघि निमावि तहको दुई हजार पाँच सय ९८ शिक्षकका लागि विज्ञापन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.