रोटरी क्लब विराटनगरको अध्यक्षमा श्रेष्ठ

रोटरी क्लब विराटनगरको अध्यक्षमा कविन श्रेष्ठ चयन भएका छन् । धनकुटाको हिलेमा सम्पन्न भएको भेलाले अध्यक्षमा श्रेष्ठ सहित उपाध्यक्षमा मनोजविक्रम शाह, सचिवमा शिवप्रसाद अधिकारी, सहसचिवमा प्रभु तोदी, कोषाध्यक्षमा नरेश राठी र सहकोषाध्यक्षमा पूजा सिंह चयन गरेको हो ।

यस्तै सदस्यता विस्तारमा कोपिला अग्रवाल, क्लब प्रशासकमा सरिता अग्रवाल सेवा परियोजनामा नन्दीप अग्रवाल, सार्वजनिक सम्पर्क अधिकारीमा विनिता धाडेवा, रोटरी कोषमा राजकुमार शर्मा, युवा सेवामा विनोद अग्रवाल प्रमुख (संयोजक) छन् । सचेतकमा प्रविण अग्रवाल, क्लब सम्पादकमा दिनेश गडतौला, सल्लाहकारमा बेनीगोपाल मुन्दडा, प्रशिक्षकमा बद्री कटुवाल, सूचना प्रविधि व्यवस्थापनमा इन्द्रकुमार पौडेल, वेव डिजाइनरमा हितेष झुनझुनवाला छन् ।

निर्वाचन समितिका प्रमुख आयुक्त बेनीगोपाल मुन्दडा र आयुक्तद्वय डा बिजु थपलिया र विनोद अग्रवालको टोलीले उनीहरूलाई सर्वसम्मत रूपमा निर्वाचित भएको घोषणा गरेका थिए । सो अवसरमा रोटरी क्लब विराटनगर अध्यक्ष सुरेन्द्र गोल्छा, प्रस्तावित अध्यक्ष कमल बस्नेतले शुभकामना दिएका थिए । नया“ समितिको कार्यकाल विक्रम सम्वत २०७९ असारको दोस्रो हप्तादेखि सुरू हुने छ ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *