एन्जु शिवाकोटी, विराटनगर । म एक गरिब परिवारको सामान्य खेती किसान गरेर जीविको पार्जन गर्ने एक कृषक हुँ । म दिनरात मेहनत गरेर सबैलाई बर्षभरी खान पुग्ने अन्न उत्पादन गर्छु । तर सबैका लागि अन्न उत्पादन गर्ने म कृषक दुई छाक खाना खान सक्ने कहिल्यै हुन सकिन ।
सबैलाई बर्ष भरी खान पुग्ने अन्न उत्पादन गर्ने म कृषकलाई दुई छाक खान नपुग्नु आफैमा एक गम्भिर विषय हो । मलाई आर्चय यस कुरामा लाग्छ कि म कृषि प्रधान देशको एक कृषक हुँ, जसले आजसम्म दुई छाक राम्रोसँग खान पाएको छैन ।
म मौन छु । मेरा आवाज सरकार सम्म कहिल्यै पुग्दैन । किनकी मैले भोको पेट बसेर सरकारको पेट टन्न भरिदिएको छु । मेरो सरकारको पेट खालि भए पो निन्द्रा नलागोस् उ नतमस्त भएर निदाएको छ । त्यसैले म जति चिच्याए पनि मेरा आवाज त्यहाँसम्म पुग्दैन ।
मलाई नत कहिल्यै गणतन्त्र आयो न त कहिल्लै लोकतन्त्र । सुन्दैछु नयाँ सरकार बन्दैछ अरे । जुन मैले बाल्यकाल देखि सुन्दै मेरा केस सेताम्य पारेको छु । गणतन्त्र आयो, लोकतन्त्र आयो, नयाँ सरकार बनिरयो । हरेक नयाँ सरकारले देशमा आफूलाई परिवर्तन ल्याउछौं, देशको विकास गछौं भनेको सुनियो । बजार झिलिमिलि भए, धुलाम्य हुने सडक चिल्ला पनि भए, गाँउका खरका छाना फेरीएर जस्ताका भए । सायद सरकारले ल्याएको आमुल परिवर्तन यहि होला ! तर सरकारले गरेको परिवर्तन भित्र म कहीँ आँटिन । मेरो अवस्था जस्तो थियो त्यस्तै छ । अझ भनु दिनप्रतिदिन महंगीले मेरो दैनिकी नाजुक बनाउदै छ ।
म दिनरात मेहनत गर्छु तर पनि म दुई गाँस खान कहिल्यै किन सक्दिन । के सरकारले ल्याउने विकासमा म अटाउन सक्दिन र ? न त समयमा विउ पाउन सकिन्छ न त मल नै । के सरकारले ल्याएको विकास यही हो ? समयमा न त विउ पाउन सकिन्छ नत मल नै । चर्को मुल्य तिरेर विउ मल बल्लतल्ल जुटाएर बालि लगाइन्छ तब सिचाइको समस्या आउछ । जसोतसो अन्न उत्पादन हुन्छ तर बजारमा मेरा उत्पादनले मोल पाउदैन ।
यही कुराले म रात दिन निदाउन सक्दिन सरकार ! तिमी नतमस्त भएर कोल्टे फेर्छौ । वाह ! जयजयकार गर्न मन लाग्छ सरकार तिम्रो । मेरो पसिना र मेहनतको मोलमलाई तिमीबाट हुन्छ । म त आफैले परिश्रम गरेर उब्जाएको अन्न आफै चर्को मुल्य तिरेर खान बाध्य छु । तिम्रो विकास यहि हो सरकार ?
आज पनि बन्दै गरेको नयाँ सरकारको मुल एजेण्डा यहि देख्दा मलाई लज्जा महशुस हुन्छ । अब त बन्द गर देश र जनताको लागि भन्ने तिम्रा भाषण । जहाँ तिमी पुगेका छौं नेताज्यु त्यहाँ कोही राजनीतिज्ञ छैनन् । अपसोचको कुरा तिमीलाई जनतामारा राजनीति गर्न राम्रोसँग आउछ । काल माक्सको विचारमा चल्ने ए मेरो सरकार क्रान्ति सबैले गरेका छन् । फरक यति हो म मेरो पेटका लागि क्रान्ति गर्छु तिमी कुर्सिका लागि ।
क्रान्तिको कुरा गरिरहँदा सरकार बनि रहे लोकतन्त्र प्रजातन्त्र अरु केके तन्त्र आए नेपालमा तर हाम्रो अवस्था जस्ताको त्यस्तै छ । यी तन्त्रका नाममा हाम्रा छोराहरुको बलिमात्र चडाइयो । त्यति बेला पनि हामी एक छाक खान र आनन्दको निन्द्राको लागि पौठेजोरी खेल्दै थियाँै र आज पनि खेल्दै छौं ।
सरकास सम्म पुग्दा सदियौं देखि चल्दै आएको शासक र शोषित बीचको विभेद अन्त्यका लागि तिमीले पनि धेरै आवाज उठायौ होला तर जव सरकारमा पुग्यो तव तिमी आफै शासक बन्यौ । अप्रत्यक्ष रुपमा तिम्रो शासन म जस्ता लाखौं नेपाली म माथि तिम्रो शासन हावी छ ।
तर अझै पनि मेरो सरकार प्रति आश मरेको छैन । किनकी म आशावादी छु । म मल विउ समयमा पाउछु र मेरा अन्नले बजार पाउछ भन्ने आश नयाँ सरकारप्रति छ । मेरो आश, यो सोच आजको होइन पुर्खा देखिको हो । र यो मेरो सोच र आशलाई ममा नै सिमित गरोस मेरो नयाँ सरकारले किनकि मलाई मेरो पुर्खाले बनाएको आशावादी जस्तै मेरा सन्तान दरसन्तानले आस गर्नु नपरोस् । उनीहरु दुई छाक खाएर आरामको निन्द्रा निदाउन सकुन ।