एभिसी सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपमा नेपाली महिला टिमको जित

एभिसी सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपमा नेपाली महिला टिमको जित

काठमाडौं । एभिसी सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्यालेन्ज कपमा  नेपाली महिला टिमले जित निकालेको हाँसिल गरेको छ । नेपाली महिला टिमले लगातार पाँचौ खेलमा जित निकालेको छ। अब नेपालले मंगलबार उपाधिका लागि उज्वेकिस्तानसँग भिड्नेछ।

सोमबार बंगलादेशको राजधानी ढाकामा भएको समूहको अन्तिम खेलमा नेपालले किर्गिस्तानलाई ३- ० को सोझो सेटमा जित हात पारेको हो।

पहिलो सेट २५-८ ले जितेको नेपालले दोस्रो सेट २५-१४ ले जितेको थियो। तेस्रो सेटमा नेपाल २४-१७ ले विजयी भयो।

अपराजित नेपालले यसअघि बंगलादेश, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तानलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।

श्रीलंकाबाहेक अन्य टिमलाई नेपालले ३-० को सेटमा पराजित गरेको थियो। श्रीलंकालाई भने नेपालले ३-२ ले हारएको थियो। समूहमा शीर्ष स्थानमा रहेसँगै नेपालले १४ अंक जोड्यो।

महिलातर्फ नेपालसहित बंगलादेश, श्रीलंका, माल्दिभ्स, उज्वेकिस्तान र किर्गिस्तान गरी ६ टिमबीच प्रतिस्पर्धा भइरहेको छ।

दुई वर्षअघि भएको प्रतियोगितामा नेपालले उपाधि जित्दै ऐतिहासिक सफलता हात पारेको थियो।

यता पुरुषतर्फ नेपालले दुई खेलमा जित र दुई खेलमा हार बेहोरेको छ। आइतबार नेपालले माल्दिभ्सलाई हराएको थियो।

यसअघि नेपालले उज्वेकिस्तानलाई हराएको थियो। आयोजक बंगलादेश र श्रीलंकासँग भने नेपाल पराजित भएको थियो।

पुरुषतर्फ नेपाल, बंगलादेश, उज्वेकिस्तान, श्रीलंका र माल्दिभ्स गरी ५ टिमबीच प्रतिस्पर्धा भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.