लोहोरो प्रहारबाट श्रीमतीको मृत्यू

लोहोरो प्रहारबाट श्रीमतीको मृत्यू

पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिका-२ ईम्बुङका ईन्द्र कुमार नेम्बाङ श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । पौष ९ गते दिउँसो ४ बजे सामान्य घरायशी बिषयमा बादबिबाद हुँदा रिशको आवेगमा श्रीमानले आफ्नै श्रीमती ४५ बर्षीया जिवन कुमारी नेम्वाङलाई लोहोरोले टाउकोमा प्रहार गर्दा घाईते भएकी नेम्बाङको बिर्तामोडको बिर्तासिटी अस्पतालमा उपचारको क्रममा आईतवार बिहान साँढे ८ बजे मृत्यु भएको हो ।  घटनाको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरी टोलीले घटनामा संग्लग्न नेम्बाङलाई नियन्त्रणमा लिएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पाँचथरले थप अनुसन्धान गरिरहेको छ ।
Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *