नेपाल भारत सिमाना जोगमनीमा लागुऔषधकर्ताको भागाभाग

नेपाल भारत सिमाना जोगमनीमा लागुऔषधकर्ताको भागाभाग

मोरङमा प्रहरीको कडा निगरानी–तस्कर पेशा परिवर्तनमा

संदिप भण्डारी– जिल्ला प्रहरी प्रमुख

विराटगनर । नेपाल भारत सीमानाकामा प्र्रहरीले कडा निगरानी थालेपछि तस्करहरु आफ्नो पेशा परिवर्तन गर्न थालेका छन्। जोगवनीको खुल्ला सीमाक्ष्ँेत्रमा संलग्न तस्कर तथा लागुऔषध ओसारपसारगर्ने हरु नया“ पेशा अंगाल्न थालेका हुन।

mmmm

देशकै प्रमुख नाका मध्येको एक हो जोगबनी नाका । भन्सार छलि गर्ने तथा खुला सीमाक्ष्ँेत्रबाट सामान तस्करी गर्नेहरुमाथि प्रहरीको कडा निगरानी शुरु भएस“गै आफ्नो पेशा भटाभट परिवर्तन गरिरहेका छन्। तस्करहरु नशाजन्य पदार्थ, इलेक्ट्रोनिक्सका सामग्री, दैनिक तथा अन्य प्रतिबन्धित सामग्रीहरुको विभिन्न आसपासका क्षेत्रबाट तस्करी गर्दै आएका थिए। अझ यो क्षेत्र लागुपदार्थ दुव्र्यसनीहरुका लागि पुर्वको प्रमुख थलोको रुपमा विकास हु“दै गएको थियो। यस क्ष्ँेत्रमा लागूपदार्थ ओसारपसारमा सेवन गर्ने र बिक्री मात्र गर्ने गरी दुइटा समूह संलग्न रहदै आएका छन् । प्रहरीको कडा निगरानीबीच केही नलागेपछि उनीहरु विभिन्न व्यापार व्यवसायमा लागेका छन भने केही सीटि रिक्सा चलाउन थालेका छन्।
निकटवर्ती क्षेत्रबाट व्यापक मात्रामा ओसार पसारको क्रम बढ्न थालेपछि प्रहरीले कडाइ गरेको हो । राजस्व चुहावट तथा लागूऔषध ओसारपसार रोक्नका लागि गस्ती टोलीलाई प्रभावकारी रुपमा परिचालन गरेको मोरङ प्रहरीले जनाएको छ। विगतमा चोरी, निकासी, पैठारीमा संलग्नलाई छाडेर सामान मात्र बरामद गर्ने कार्य भयो । अब हामीले थालेको अभियानमा अपराधिलाई पनि पक्राउ गर्ने गरिएकाले तस्कर हरु पेशा परिवर्तन गर्न बाध्य भएको मोरङ जिल्लाका प्रहरी प्रमुख सन्दिप भण्डारीले बताउनुभयो ।
सीमा क्षेत्रमा गस्ती बढाइएपछि तस्करी नियन्त्रणमा उल्लेखनीय सुधार भएको उह“ँले बताउनुभयो । नशाजन्य पदार्थका साथ साथ अन्य प्रतिबन्धित सामग्रीहरुको ओसार पसारमा कमी आएको उहाको भनाइ थियो । यतिवेला तस्करीमा संलग्न व्यक्तिहरु नै प्रहरीको प्रसंसा गर्न बाध्य भएका छन् । जोगमनी नाकामा हुने तस्कर सहित लागु औषधकर्तालाई प्रकाउ गरी सार्बजनिक मुद्धा चलाउन थाले पछि धरान, बिराटनगर, धनकुटा लगायत बिभिन्न स्थानबाट आउने लागुऔषधकर्ताको संख्यामा कमी आउन थालेको सिमा प्रहरी कार्यालयका प्रमुख फिरोज चौधरीले बताउनु भयो ।
प्रहरीले केही समय अघि गाँजाको व्याडदेखि भित्र्याउने बेलाको गा“जा र चरेसका बोट नष्ट गर्ने अभियान चलाएको थियो । अब सिमा क्षेत्रमा समेत कडाइ भएपछि नशाजन्य प्रयोगकर्ताको संख्यामा उल्लेखनीय कमी आएको स्थानियको बुझाइ छ ।
तस्करहरुले कडा कानूनी कार्वाहीको अभावमै आफुहरु गैरकानूनी ढंगले तस्करी गर्ने गरेको स्वीकार्छन । वास्तवमै प्रहरी प्रसासन र सरोकारवाला निकायहरुले आ—आफ्नो क्ष्ँेत्रबाट जिम्मेवारी र दायित्व सही ढंगले निर्वाह गर्ने हो भने गैरकानूनी पेशामा लागेकाहरु सहज रुपमा नया बाटो रोज्न बाध्य हुनेमा दुइमत छैन।

2 responses to “नेपाल भारत सिमाना जोगमनीमा लागुऔषधकर्ताको भागाभाग”

  1. Verna-D says:

    I like this web site very much, Its a really nice billet to read and incur information.Raise blog range

  2. Lowell_H says:

    I like this site very much, Its a very nice situation to read and find information.Raise your business

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.