डर देखाई खालि चेकमा हस्ताक्षर गर्न लगाइएको खड्का माथि आरोप

डर देखाई खालि चेकमा हस्ताक्षर गर्न लगाइएको खड्का माथि आरोप

विराटनगर । हरेक क्षेत्रमा विश्वास आवश्य छ । चाहे त्यो राजनितिक क्षेत्रमा होस्, या त व्यापार व्यवसाय । व्यवसायमा अझ बढी हुनु पर्छ तर त्यही विश्वासले गरिएको व्यवसायमा गद्दारी गर्नेको कमी देखिदैन् । यस्तै एक घटना विराटनगर–५ का तेजबहादुर खड्कासँग पनि घटेको छ ।
नोवेल गेट अगाडीको श्री देवराज सप्लायर्सका सञ्चालक रहेका तेज बहादुर खड्काले केही दिन अगाडी यूनिसा फार्मेसी सञ्चालकबाट एउटा चेक लिएका थिए ।khadka1

यूनिसा फार्मेसीका सञ्चालक राजकुमार चौधरी थारुले श्री देवराज सप्लायर्सलाई रकम भुक्तानी गर्नु पर्ने थियो । जसले गर्दा चौधरीले ६० हजारको एनएमबि बैकको चेक तेजबहादूरको नाममा दिएका थिए । उक्तचेक बाउन्स् भएपछि पूणः चौधरीले ७८ हजारको चेक खड्कालाई दिए । चेक लिएर एनएमबि बैक पुगेका खड्का चौधरीको खातामा शुन्य मौज्दात रहेको पाएपछि फर्किएका थिए ।

यता चौधरीले आफूलाई डर त्रास देखाई खालि चेकमा हस्ताक्षेर गर्न लगााएको भन्दै चेक रोक्का गरिपाऊँ भनेर बैंकलाई निबेदन हालेको बै.क इन्चार्ज चेतनाथ श्रेष्ठले जानकारी दिएका छन् । हिजो आइतबार आफूलाई जालसाझ गरि फसाउन खोजिएको भन्दै छानविनको माग राख्दै मोरङ जिल्ला प्रहरी कार्यलयमा खड्काले निवेदन बुझाएका छन् ।
विराट खबरसँग कुराकानी गर्दै पाउनु पर्ने रहम नपाएका खड्काले आफूमाथि आरोप लागेको बताएका छन् । आज यसरी म माथि आरोप लाउन सक्ने व्यक्तिले भोलि जे पनि गर्नसक्ने भएकाले छानविन गर्नको लागि र म जस्तै अरुलाई पनि यस्तो आरोप नलागोस् भनेर प्रहरी कार्यालयमा निवेदन पेस गरेको उनले जानकारी दिएका छन् ।khadka

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *