आज नेपाली महिला भलिबल टोली उज्वेकिस्तानविरुद्ध खेल्दै

आज नेपाली महिला भलिबल टोली उज्वेकिस्तानविरुद्ध खेल्दै

काठमाडौं । उपाधि रक्षा गर्ने लक्ष्य साथ बंगलादेश गएको नेपाली महिला भलिबल टोलीले एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्यालेन्ज कपमा आइतबार उज्वेकिस्तानविरुद्ध खेल्दैछ । त्यस्तै पुरुष टोलीले भने माल्दिभ्सविरुद्ध खेल्नेछ ।

तीन खेलसम्म सतप्रतिशत नतिजा निकालेको नेपाली महिला टोलीले आज उज्जेकिस्तानलाई हरायो भने फाइनलमा स्थान पक्का गर्नेछ । ६ टोलीले प्रतिस्पर्धा गरेको प्रतियोगिता राउण्ड रोविन प्रणालीमा खेलाइएको छ । समूह चरणका शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

बंगलादेशको ढाकामा गत बिहीबारबाट सुरु प्रतियोगितामातीन खेलमा आठ अंक जोडेको नेपाली महिला टोलीदोस्रो स्थानमा छ । समान खेलबाट ९ अंक जोडेको उज्वेकिस्तान शीर्ष स्थानमा छ । समान खेलबाट सात अंक जोडेको श्रीलंका तेस्रो र तीन अंक जोडेको कीर्गिस्तान चौथो स्थानमा छन् । बंगलादेश र माल्दिभ्स अंकविहिन छन् ।

नेपाल र उज्वेकिस्तानले शाहीद सोह्रावर्दी नेसनल इन्डोर स्टेडियममा दिउसो १ः१५ बजे खेल्नेछन् ।

साविक विजेता नेपाली महिला टोलीले पहिलो खेलमा श्रीलंकालाई ३–२ ले जितेको थियो भने दोस्रो र तेस्रो खेलमा क्रमशः माल्दिभ्स रबंगलादेशलाई ३–० को सोझो सेटमा हराएको थियो । नेपाल र माल्दिभ्सबीचको खेल दिउँसो ३ः४५ बजे हुनेछ ।

नेपाली पुरुष टोलीको फाइनल सम्भावना भने कमजोर बनेको छ । तीनमध्ये एक जितेको नेपाल तीन अंक जोडेको छ । आयोजक बंगलादेश र श्रीलंकाले दुई खेलबाट समान ६ अंक जोडेका छन् । उज्वेकिस्तानले तीन खेलबाट तीन अंक जोडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.