विराटनगरको प्रसिद्ध शक्तिपीठको रुपमा रहेको काली मन्दिरको स्वरूप फेरिदै

विराटनगरको प्रसिद्ध शक्तिपीठको रुपमा रहेको काली मन्दिरको स्वरूप फेरिदै

विराटनगर । विराटनगरको प्रसिद्ध शक्तिपीठको रुपमा रहेको काली मन्दिरको स्वरूप परिवर्तन गरी तामाको छाना बनाइने भएको छ ।

वि.सं. १९६० मा स्थापना भएको काली मन्दिर विराटनगरको प्रसिद्ध शक्तिपीठ मानिएको मन्दिरको स्वरूप परिवर्तनका लागि काठमाडौँबाट इन्जिनियरसहित १० जनाको कालीगढ टोली झिकाइएको छ ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष डा.मिनाक्षी नेपालले तीन तहको छानामा तामाको पाताले छाउने काम सुरु गरिएको बताइन् । मन्दिरको बाहिरी स्वरूप परिवर्तनका लागि तीन हजार किलोग्राम तामाको प्रयोग गरिने छ । तामाको पाताले छाएसँगै त्यसमा सुनौलो रङले रङ्ग्याइने छ । झण्डै ६० लाख रुपैयाँको लागतमा बाहिरी स्वरूप परिवर्तन गरिसकेपछि मन्दिरको भित्री परिसरलाई समेत सौन्दर्यीकरण गर्ने योजना रहेको उनले बताइन् ।

स्थापनाताका सामान्य स्वरूपमा रहेको काली मन्दिर वि.सं.२००० मा पुनर्निर्माण गरिएको थियो । त्यसबेला सुर्कीचुना र इँटाको प्रयोग गरेर तत्कालीनको पक्की संरचना बनाइएको थियो । । त्यसबेला पित्तलबाट बनेको कालीको मूर्ति चढाइएको थियो । त्यसपछि २०५३ सालमा काली मन्दिरको  संरचना निर्माण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.