विराटनगरमा बिरामी ठग्ने बिचौलियाको बिगबिगी बढ्दै

विराटनगरमा बिरामी ठग्ने बिचौलियाको बिगबिगी बढ्दै

 एन्जु शिवाकोटी, विराटनगर । विराटनगरमा उपचार गराउन आएका बिरामीलाई ठग्ने विचौलियाहरूको बिगबिगी अझै निरुत्साहित हुन सकेको छैन। अस्पताल र औषधि पसलले दिने कमिसनका लागि उपचार गराउन आउने सोझा बिरामी ठग्नेहरूलाई मोरङ प्रहरीले पक्राउ गरी कारबाही गर्न थाले पनि यस्ता ठगहरुको बिगबिगी निरुत्साहित हुन सकेको छैन। राम्रो डाक्टर छ उपचार राम्रो हुन्छ, औषधी सस्तो पाईन्छ भन्दै आफ्नो सम्पर्कको अस्पताल र फार्मेसीमा  लगेर ठगी गर्ने बिचौलियाहरू अझै सक्रिय छन्।

विचौलियाहरुले तराईका गाउँ तथा पहाडबाट उपचारका लागि आएका सर्वसाधारणलाई भुलभुलैयामा पारेर आफूलाई कमिसन दिने अस्पतालमा लैजाने गरेका छन् । उनीहरु यस्तै काममा खटाइएका फार्मेसीका अघोषित कर्मचारी पनि हुन् । उपचार गर्न आएका विरामीलाई कमिसनको लोभमा अन्यत्रैका अस्पताल र क्लिनिनमा लगेको आरोपमा मोरङ प्रहरीले तीन जनालाई बिहीबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इलाम नगरपालिका ८ का २० वर्षीय सागर राई, खोटाङ जन्तेढुगां गाउँपालिकाका २४ वर्षीय विशाल राई र विराटनगर ५ का १९ वर्षीय मोहमद सेराज रहेका छन् ।

यस अघि उपचार गराउन आएका बिरामी र आफन्तलाई ठगी गरेको आरोपमा प्रहरीले  २९ मंसिरमा  विराटनगर महानगरपालिका–७ बाट विराटनगर–१९ का ४६ वर्षीय विनोद राय, विराटनगर–५ का ६० वर्षीय रामा सुनुवार, ४५ वर्षीय दिलीप साह र विराटनगर–१२ का ३९ वर्षीय शिवकुमार कामतलाई पक्राउ गरेको थियो ।

चालू वर्षमा मोरङ प्रहरीले पटक–पटक गरेर २० बिचौलियालाई पक्राउ गरेर कानुनी कारबाही गराइसकेको छ। विराटनगरका निजी अस्पतालहरुले एम्बुलेन्स, अटोरिक्साचालक, विभिन्न हेल्थकेयर सेन्टर, उपचार क्लिनिक र औषधि पसलमा काम गर्ने बिचौलियाहरूलाई कमिसन दिएर बिरामी उपचारको बहानामा महँगो शुल्क असुल्ने गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.