शिक्षामा राजनैतिक हस्तक्षेपः दुर्गा प्रसाद पोखरेल

शिक्षामा राजनैतिक हस्तक्षेपः दुर्गा प्रसाद पोखरेल

एन्जु शिवाकोटी,विराटनगर । विराटनगर महानगरपालिका वडा नं.२ मा रहेको शंकरपुर आधारभूत विद्यालय । माघ महिनाको चिसो दिउसोको समय । विद्यालयको प्रवेशद्धारबाट भित्र छिर्ने बितिकै प्राङ्गडमा केही विद्यार्थीहरु घाम ताप्दै पढिरहेको अवस्थामा देखिन्थे । कक्षाकोठाहरु खालि खालि नै थिए । म त्यहाँ सामुदायिक विद्यालयको अवस्थाको बारेमा बुझ्ने सिलसिलामा पुगेकी थिए ।83225832_255577642087911_8569935952959504384_n
मैले यस विद्यालयको अवस्था कस्तो छ भनेर सोध्दा शंकरपुर आधारभूत विद्यालयका प्रधानाध्यापक दुर्गा प्रसाद पोखरेल भन्छन्– ‘यी विद्यार्थीहरुलाई हेरेर पनि यस विद्यालयको अवस्था कस्तो छ भनेर अनुमान गर्न सकिन्छ ।’ यी विद्यार्थीहरुका अभिभावकहरुलाई न त शिक्षाको महत्व थाहा छ, न त आफ्नो सन्तानलाई पढाउनु पर्छ भन्ने नै चेतना । हामीले यी विद्यार्थीहरुलाई पनि घर घरबाट खोजेर ल्याएका हौं ।’ विद्यार्थीहरुलाई विद्यालयमा ल्याउनको लागी विद्यालयले सिटी सफारीको व्यवस्था गरेको छ । शिक्षकहरु मिलेर सिटी सफारीको पारिश्रमिक उपलब्ध गराउने गरेको उनी बताउछन् ।
उनी यस विद्यालयमा वि.सं.२०४८ कार्तिक १० गते नियुक्त भएर यस विद्यालयमा आएका थिए । यस विद्यालयमा आउदा ३ सय २० जना विद्यार्थीहरु थिए भनि हाल ६९ विद्यार्थीहरु मात्र रहेको उनी बताउछन् । यस शंकरपुर आधारभूत विद्यालय वि.सं. २०२५ सालमा स्थापना भएको थियो । ८ कठ्ठा १७ धुर जग्गामा रहेको विद्यालयमा ८ वटा कक्षा कोठाहरु रहेका छन् । भने ५ शिक्षकहरुले अध्यापन गराउदै आइरहेका छन् । विराटनगरमा ५४ सामुदायिक विद्यालय, १२ धार्मिक विद्यालय र १ सय ४ निजी विद्यालय रहेका छन् ।
यस विद्यालयमा मात्र हैन नेपालका अधिकांश सामुदायिक विद्यालयको यस्तै दयनिय अवस्था रहेको छ । सामुदायिक विद्यालयको अवस्था कमजोर हुनुमा निजि विद्यालय प्रतिको मोहको कारण एक हो भनी राजनैतिक चलखेल प्रमुख कारण हो । उनी भन्छन्–‘म प्रधानाध्यापक भएको एक बर्ष मात्र हुदैछ । म मेरो कार्यअवधि भित्रमा यस विद्यालयको भौतिक संरचना देखि लिएर पढाइको गुणस्तरमा पनि आमुल परिवर्तन ल्याउने छु ।83096695_2594236984167056_4332874870628024320_n
शिक्षकहरुले गुणस्तरिय शिक्षा न दिनुको साथै राजनैतिक रुपमा चरम चलखेल हुने भएकाले निजि विद्यालयको अवस्था खस्किएको हो । जबसम्म राम्रो हैन हाम्रो भन्ने प्रवृति हट्दैन, राजनैतिक चलखेल हुदैन तबसम्म कुनै सामुदायिक विद्यालयले गुणस्तर शिक्षा प्रदान गर्न सक्दैनन् ।
उनी भन्छन् –‘सामुदायिक विद्यालयहरु मर्च गर्नुमा पनि राजनैतिक चलखेल भैरहेको छ ।भविष्यमा यसले निजि क्षेत्रका विद्यालयलाई नै फाइदा हुने गर्छ ।’ विद्यार्थी भएनन् चनेर विद्यालय एक अर्कोमा मर्च गर्नु भन्दा किन सामुदायिक विद्यालयहरुमा विद्यार्थी भएनन् ? किन गुणस्तर हुन सकेन पढाई ? भन्ने कुराको खोजी गरी त्यस अनुरुपको कार्ययोजना ल्याउने हो भनी निजि क्षेत्रका विद्यालय भन्दा सामुदायिक विद्यालयका विद्यार्थीहरुको कमी नहुने दावि गर्छन् पोखरेल । सामुलायिक विद्यालयको पढाई गुणस्तर छैन त्यसलाई हामीले सुइकार्नै पर्छ । तर कसरी राम्रो बनाउने भन्ने विषयमा पनि गम्भिर रुपमा सोच्नै पर्छ ।

83256767_2822455781138441_3084276080375234560_nउनी भन्छन् – ‘बाटो विग्रियो भनेर बाटै हिड्न छोड्नु कतिको उपयुक्त हुन्छ ? हामीले विग्रिएको बाटो बनाउने हो की हिड्नै छाडिदिने त ?’ आजको दिनमा सामुलायिक विद्यालयको अवस्था देख्दा दुःख लाग्ने गरेको उनी बताउछन् । सामुदायि विद्यालयलाई पनि गुणस्तरिय बनाउन सकिन्छ । अङग्रेजी माध्यमबाट दक्ष श्क्षिकले अनुशासित र मर्यादित भएर पढाउने हो भने सामुदायिक विद्याालयको अवस्था राम्रो हुन सक्छ । गुणस्तरिय पढाई भएमा विद्यार्थीहरु सामुदायिक विद्यालयमा पनि निजि विद्यालय जस्तै विद्यार्थीहरु हुन सक्छन् । साथै गुणस्तरिय शिक्षा पनि हासिल गर्न सक्छन् । त्यसका लागि सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.