बिपि प्रतिष्ठानमा अत्याधुनिक सिटी स्क्यान जडानः दैनिक ७० विरामी सेवा लिदै

बिपि प्रतिष्ठानमा अत्याधुनिक सिटी स्क्यान जडानः दैनिक ७० विरामी सेवा लिदै

 एन्जु शिवाकोटी,धरान । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अत्याधुनिक सिटी स्क्यान जडान भए पछि प्रदेश १ र २ का हजारौ बिरामीहरु खुशि भएका छन् ।
सिटी स्क्यान मेसिनको अभावमा दैनिक ७० जना भन्दा बढी बिरामीलाई बिराटनगर, बिर्तामोड, काठमाण्डौं लगायत अन्यत्र रेफर गर्दा करौडौको आम्दानी गुमाउनु् परेको थियो । उपकुलपति डा. ज्ञानेन्द्र गिरी आए पछि गरिरहेको सिटी स्क्यान (कम्प्युटेड टोमोग्राफी) मेसिन जडान भएको छ ।
हाल परीक्षणकालमा रहेको नयाँ सिटी स्क्यान मेसिन प्रतिष्ठानमा आपूर्ति गर्न ठेकेदार कम्पनी म्याक्स मेडिटेकलाई उपकुलपति गिरिले १६ महिना अघि ०७७ भदौमा नै कुल १६ करोड रुपैयाको ५० प्रतिशत अर्थात ८ करोड रुपैया अग्रीम भुक्तानी दिएका थिए ।
प्रतिष्ठानमा २५६ स्लाइस क्षमताको अत्याधुनिक सि।टि।मेशिन आएको हो । प्रतिष्ठानका अनुसार यो क्षमताको सिटि मेशिन उपत्यका बाहिर पहिलो पटक वीपी प्रतिष्ठानमा सञ्चालनमा आएको हो । यो सिटि मेशिन सञ्चालनमा आएपछि बिरामीहरुलाई बाहिर रिफर गर्न नपर्ने प्रतिष्ठानका डेपुटी अस्पताल निर्देशक डा.विकास साहले जानकारी दिए ।
उनका अनुसार यो सिटि मेशिनले द्रुत गतिमा स्क्यान गर्न सकिने हुँदा विरामीलाई विकिरणीय जोखिम पनि अत्यन्तै न्यून हुन्छ । ‘सुक्ष्मरुपमा गहिराईसम्म यो मेशिनले स्क्यान गर्नसक्छ, यसले विरामीहरुलाई धेरै नै राहत मिल्छ,’ उनले भने। रेडियोलोजी विभागबाट प्राप्त तथ्यांक अनुसार प्रतिष्ठानमा दैनिक रुपमा सरदर ७० जना बिरामी सिटि गर्न आउँछन् ।
अब नयाँ मेसिनबाट दैनिक बिरामीलाई सिटी स्क्यान गरेर तत्काल रिपोर्ट दिने प्रतिष्ठानले जनाएको छ । यसअघि प्रतिष्ठानमा सिटी स्क्यान गर्नुपर्ने बिरामी मध्ये अधिकांसलाई अन्यत्र रेफर गरिँदा मासिक डेढ करोड रुपैयाँ घाटा हुँदै आएको थियो ।
रेडियोलोजी विभागका डेमोस्ट्रेटर तथा प्राविधिक इन्चार्ज मुकेस झाका अनुसार नयाँ मेसिनबाट बिरामीको रिपोर्ट छिटो र दुरुस्त निकाल्न सकिन्छ। उनले नयाँ मेसिनले मुटुको सिटी एन्जिओग्राफी अफ हर्ट, बोन इमेजिङ, स्ट्रोकका बिरामीका लागि ब्रेन पफ्र्यूजन, फोक्सो सम्बन्धी पल्मोनरी इम्बोलिजम, मिर्गौला सम्बन्धी रेनल एन्जीओग्राफी, सिटी गाइडेड बायोप्सी, मसल स्केलेटल इमेजिङ लगायत शरीरका विभिन्न अंगको सिटी स्क्यान गरेर रोग पहिचान गर्न सकिने बताए। विभागका डेमोष्ट्रेटर एण्ड टेक्निकल इञ्चार्ज मुकेश झाका अनुुसार न्युनतम रेडिएसन डोजमा छिटो स्क्यान गर्न सकिने भएकोले धेरै विरामीको स्क्यान गर्न सकिन्छ। उनले भने, ‘थोरै समयमा धेरैको स्क्यान गर्न सकिन्छ । हामीले दैनिक ४० देखि ६० वटा स्क्यान गर्ने लक्ष्य राखेका छौं।’ उनका अनुसार अबदेखि मुटुको एनजिओग्राफि, कार्डियाक सिटि, न्युरो इमेजिन परफ्युजन इमेजिन, बोन मिनरल डेन्सिटी इभाल्युएन क्युसिटी, सिटि फ्लोरोस्कोपी, सिसि गाइडेट वायोस्पी, मस्कुलर स्केलेटल इमेजिङ, रेनल एनजिओग्राफीलगायत अन्य विशिष्ट खालको सिटि स्क्यान वीपीमा नै हुन्छ ।
प्रतिष्ठानमा सिटी स्क्यान गर्दा न्यूनतम मुल्य ३ हजार ६ सय रुपैयाँमात्र तोकिएको छ । सुलभ मुल्यमा सिटि स्क्यान गर्न पाइने तथा उपचारको लागी अन्त जानु नपर्दा समय र खर्च दुबै बचत भएको धरान उपमहानगरपालिका – ३ बाट उपचारका लागि आएकी हरिमाया ढांगीले बताइन् ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *