ट्रम्पको नयाँ नीति , १ करोड १० लाख मानिस देश निकाला गरिने

ट्रम्पको नयाँ नीति , १ करोड १० लाख मानिस देश निकाला गरिने

अमेरिकी निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासीलाई  र आपराधिक गतिविधिमा संलग्न आप्रावासीलाई  देश निकाला गर्न नयाँ नीति सार्वजनिक गरेका छन् ।

आप्रवासीमाथि कडाइँ गर्ने भन्दै निर्वाचनमा चुनावी एजेण्डा नै बनाएका राष्ट्रपति  ट्रम्पले यसलाई कार्यान्वयनमा ल्याउन मंगलबारदेखि लागु हुनेगरी नयाँ नीति सार्वजनिक गरेका हुन् ।

 कागजपत्र नभएका अप्रवासीहरुलाई गम्भीर अपराधमा संलग्न भएकाहरुलाई जसरी नै अभियोग लगाइने र, उनीहरुलाई तुरुन्तै स्वदेश फर्काइने ट्रम्प नीतिमा उल्लेख छ । बिश्लेषण गरिए अनुसार यसले एक करोड १० लाख विदेशीलाई असर पर्ने छ । पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाको कार्यकालमा अमेरिका प्रवेश गरेका आप्राबासी बालबालिकाको हकमा भने यो नियम लागू छैन।

१० हजार अतिरिक्त अधिकारी नियुृक्त गरी अमेरिकाको होमल्याण्ड सुरक्षा विभागले कारबाही अघि बढाउने छ । कार्वाहीमा पर्ने ब्यक्ति लगातार दुई बर्षसम्म अमेरिका बसेको प्रमाण भेटिएमा भने छुट दिइने जनाइएको छ । ट्रम्प प्रशासनको नयाँ नीतिले अमेरिकामा रहेका लाखौं नेपालीहरु पनि प्रभावित पर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.