काठमाण्डौँ । ताञ्जानियाको राष्ट्रिय महिला फुटबल टिमका कम्तीमा पनि ११ जना खोलाडीलाई कोरोना पोजेटिभ भएको बताइएको छ ।त्याहाँको २० वर्ष मुनिको राष्ट्रिय महिला फुटबल टिमका ११ जना खेलाडी र पाँच जना कर्मचारी गरी १६ जना कोरोना भाइरस पेजेटिभ भएको बताइएको छ । त्याहाँका फुटबल अधिकारीहरुले सो जानकारी दिएका हुन् । उनीहरुका अनुसार ती खेलाडीहरु अहिले खेलका लागि बुरुन्डी पुगेका थिए । उनीहरु बुरुन्डीमै कोरोना पोजेटिभ भएको समाचरमा जनाइएको छ । उनीहरु विश्वकपका लागि क्लालिफाइङ खेल खेल्न त्यहाँ पुगेका बेला पेजेटिभ भएको समाचारमा जनाइएको छ ।उनीहरु बुरुन्डीसँग खेल खेल्नका लागि तयारी गरिरेह भएको थिए । त्यसै क्रममा पीसीआर परीक्षण गरिएको र त्यसमा उनीहरु पोजेटिभ देखिएपछि उनीहरु खेल्न नपाएको बताइएको छ ।
रासस