सर्वदलीय बैठकबारे औपचारिक जानकारी नआएको गुरुङको दाबी

सर्वदलीय बैठकबारे औपचारिक जानकारी नआएको गुरुङको दाबी

काठमाण्डौँ  । एमाले प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले सर्वदलीय बैठकबारे औपचारिक रूपमा जानकारी नै नआएको दाबी गरेका छन् । औपचारिक रूपमा लिखित जानकारीविना कसरी बैठकमा सहभागी हुने भन्दै गुरुङले प्रतिप्रश्न गरे । नयाँ पत्रिकासँग कुरा गर्दै उनले भने, ‘सर्वदलीय बैठकबारे औपचारिक जानकारी नै आएको छैन । मिडियामा आएको भरमा हुन्छ र ? औपचारिक रूपमा लिखित जानकारी आयो भने के गर्ने भन्ने विषयमा बल्ल छलफल गर्छौँ । अहिले त हामीले त्यसबारे छलफलसमेत गरेका छैनौँ ।’

लिखित रूपमा आमन्त्रण नगरी एमालेले सर्वदलीय बैठक बहिष्कार गरेको हल्ला पिटाउने काम सत्तारुढ दलहरूले गरेको उनको आरोप छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार बोलाएको बैठकमा एमाले अनुपस्थित थियो । एमालेबाहेकका संसदमा प्रतिनिधित्व गर्ने दलहरू भने बैठकमा सहभागी भएका थिए ।

संसद् अवरुद्ध कहिलेसम्म भन्ने प्रश्नमा गुरुङले भने, ‘पार्टीले कारबाही गरेको मान्छे सभामुखले समाइरहेसम्म संसद् अवरुद्ध भइरहन्छ । यो प्रश्न हामीलाई भन्दा प्रधानमन्त्री र सभामुखलाई सोध्दा राम्रो होला !’ संसद् कसरी खोल्ने भन्ने प्रस्ताव सरकारले ल्याउनुपर्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.