लोक कवि गणेशलाल श्रेष्ठको शालिक चोरी

लोक कवि गणेशलाल श्रेष्ठको शालिक चोरी

हेटौंडा । मकवानपुरका लोक कवि गणेशलाल श्रेष्ठको अर्धकदको सालिक शनिबार राति चोरी भएको छ । भीमफेदीमा आइतबार कवि श्रेष्ठको सालिक (प्रतिमा) अनावरण गर्ने कार्यक्रम रहेको थियो । तर, राति नै साालिक चोरी भएको हो ।

सालिक अनावरण गर्न परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठलगायत साहित्यकारको टोली आइतबार बिहान भीमफेदी पुगेका थिए । सालिक राखिएको ठाउँबाट रड नै दोबारेर चोरिएको देखेर साहित्यकर्मीहरु निराश भएका छन् । प्रहरीले सालिक खोजी गरिरहेको बताएको छ ।

करिब ५ लाखको लागतमा निर्माण गरिएको सालिक ईलाका प्रहरी कार्यालय भीमफेदीबाट २ सय मिटर पर ज्योति पुस्तकालय परिसरबाटै चोरी भएको हो । लोककवि श्रेष्ठले दुई थुंगाको फुल, मेरो पुष्पाञ्जली लगायतका नेवारी भाषामा गीत लेखेका थिए । भीमफेदी निवासी श्रेष्ठलाई लोककवि पदवी लोकसाहित्य परिषद् र प्रज्ञा प्रतिष्ठान दिएको थियो ।

विस १९६८ मा भीमफेदीस्थित पारी बजारमा जन्मेका श्रेष्ठको २०४२ सालमा मृत्यु भएको थियो । अनावरण गर्न कार्यक्रमका पुगेका प्रमुख अतिथि परराष्ट्रविद् श्रेष्ठ, गाउँपालिकाका अध्यक्ष हिदम लामा, मकवानपुरका साहित्यकार र स्थानीयवासीले कवि श्रेष्ठको सालिक चोर पत्ता लगाई कारबाहीको माग गर्दै भीमफेदीमा शान्तिपूर्ण जुलुससहित सभा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.