सामाजिक परिवर्तनकेन्द्रको ध्यानाकर्षणः मोची समुदायमा कोरोनाले पारेको प्रभाव

सामाजिक परिवर्तनकेन्द्रको ध्यानाकर्षणः मोची समुदायमा कोरोनाले पारेको प्रभाव

विराटनगर । जनशक्ति तथा सामुदायिक विकास केन्द्र मोरङ र सामाजिक परिवर्तन केन्द्र काठमाण्डौंको संयुक्त आयोजनामा कोभिडले पारेको प्रभाव छलफल कार्यक्रममा मोचिहरुको गुनासा समेटिएको छ ।

ट्रेड युनियन महासंघ समन्वय केन्द्र प्रदेश १ का अध्यक्ष टिका प्रसाँईले सडकमा बसेर जुत्ताचप्पल मर्मत गर्ने सर्वहाराहरुलाई तथ्यांक र अवस्था संकलन गरेर पञ्जिकरण गरि सेवा सुविधा दिलाउन महानगरपालिलाई आग्रह गरे । विराटनगर महानगरपालिका समाजिक महाशाखा प्रमख पुनम दाहालले सडकपेटीमा सुरक्षित हिँडन पाउने अधिकार सुनिश्चित गराउनुपर्दा जुत्ताचप्पल मर्मत गर्ने मोचीहरुको पेशा धरापमा परेकोले व्यवस्थित गराउन महानगरले योजना तयार पार्ने प्रतिबद्धता व्यक्त गरे । उनले मोचीहरु मात्र नभएर अनौपचारिक क्षेत्रमा काम गर्ने सबै श्रमिकहरुलाई पञ्जिकरण गराएर सुविधा दिलाउन महानगरपालिकाले कार्यविधि तयार गरिरहेको जानकारी गराए ।
शनिवार आयोजना भएको उक्त छलफल कार्यक्रममा सहभागि भएका मोचिहरुले राज्यले प्रदान गर्ने सेवा सुविधाबाट आफूहरु बन्चित रहेको उनीहरुले बताएका छन् । मोचि समुदायका अगुवाका रुपमा रहेका राधे राम मोचीले सरकारले मोची समुदायलाई पनि समेटनु पर्ने बताउदै भने, ‘लकडाउनले गर्दा कमाई ठप्प गरेकाले ऋण काटेर खान बाध्य भयौं, कति दिन भोकभोकै बस्यौं । बल्ल अलि सहज हुन थालेको छ । फेरी लकडाउन हुन्छ अरे । अब हामीहरुलाई पनि सरकारले हेर्नु पर्छ ।
मोचि कुमुद रामले सडक पेटिमा जुत्ता चप्पल सिलाउदा आफूहरुले सास्ती सहनु पर्ने गुनासो गरेका छन् । व्यवस्थित र सुरक्षित तवरले काम गर्न पाउने व्यवस्था मिलाइदिनको लागि उनले महानगरसँग आग्रह समेत गरे ।

अखिल नेपाल ट्रेड युनियन महासंघ प्रदेश १ का उपाध्यक्ष उपेन्द्र रायले अनौपचारिक क्षेत्रका मजदुरहरुलाई संगठित गराउँदै हक अधिकार दिलाउन आफुहरु लागिरहेको भन्दै संगठित हुन मोचीहरुलाई आग्रह गरे । जनशक्त्ति विकास केन्द्र तथा सामुदायिक विकास केन्द्र मोरङका अध्यक्ष डिक घिमिरेले कोभिड महामारी र विपदहरुमा सबैभन्दा बढी मारमा पर्ने मोचीहरु जस्तै अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरु हुने भएकोले उनीहरुको पक्षमा आफुहरुले आवाज उठाउन थालेको जानकारी गराए ।

छलफलमा सहभागी मानव अधिकारकर्मी ट्रेड युनियनका अगुवा, विराटनगर महानगरपालिकाका प्रतिनिधि र पत्रकारहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.