स्वास्थ्य प्रणाली अस्तव्यस्त हुन सक्ने डब्ल्यूएचओको चेतावनी

स्वास्थ्य प्रणाली अस्तव्यस्त हुन सक्ने डब्ल्यूएचओको चेतावनी

काठमाण्डौं । कोरोनाको नयाँ भेरियन्ट ओमोक्रोन भाईरसलाई अवमूल्यन गरे स्वास्थ्य प्रणाली अस्तव्यस्त हुन सक्ने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले चेतावनी दिएको छ । यसअघिका कोरोनाका भेरियन्टभन्दा तीव्र गतिमा ओमिक्रोन भाईरस फैलिइरहेको भन्दै यसलाई अवमूल्यन नगर्न डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अडानोम गेब्रेयससले आग्रह गरेका छन् ।
गैब्रेससका अनुसार अहिलेसम्म ७७ मुलुकमा ओमिक्रोनका संक्रमित पुष्टि भइसकेको छ । उनले केही दिनमा नै ओमिक्रोन युरोपका केही देशमा सबैभन्दा प्रभावी भेरियन्ट हुन सक्ने बताएका छन् । केही मानिसहरुले ओमिक्रोनलाई सामान्य भेरियन्ट भनेर बेवास्ता गरेको गुनासो गर्दै भने,‘ओमिक्रोनबाट कम घातक संक्रमण हुन सकेता पनि संक्रमणको संख्याले पुनः एकपटक स्वास्थ्य प्रणलीलाई अस्तव्यस्त बनाउन सक्छ ।’

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *