शिलामा अक्षर कुँदेरै जिविकोपार्जन गर्दै शाह

 शिलामा अक्षर कुँदेरै जिविकोपार्जन गर्दै शाह

एन्जु शिवाकोटी,विराटनगर । मानिसलाई उमेरले होइन परिस्थतिले एक जिम्मेवार व्यक्ति बनाउने गर्छ । त्यस्तै परिस्थथिले आफ्नो जिम्मेवारीबोध गरी रहेका छन् ५१ वर्षका श्याम प्रसाद शाह । शाहलाई विराटनगर स्थित पाञ्चाली चोकको सडक छेउमा मार्वलमा अक्षर कुँदै गरेको अवस्थामा सधै देख्न सकिन्छ । सडक पेटीको छेउमा रहेको आफ्नै निवाशमा उनी विगत १२ वर्ष देखि मार्वललाई कुँदेर शिला बनाउदै आइरहेका छन् । विगत १२ वर्ष देखि उनी त्यहाँ शिलामा अक्षर कुँदने काम गर्दै आईरहेका छन् ।
१५ वर्षको उमेरमा बुबाको मृत्यु भएपछि उनी माथि जिम्मेवारी आइपप्र्यो । जिम्मेवारीले थिचे पछि उनी कामको शिलशिलामा भारतको बनारस पुगे । अनजान ठाँउ, अपरिचित मान्छे त्यहाँ पुगेर काम खोज्न र बस्न शाहको लागी निकै चुनौतीको विषय बन्यो । कामको खोजीमा भौतारिदा भौतारीदै १५ दिन सडक पेटीको बास र पानिसंग बिस्कुटको आहारामा बिताउनु पर्यो । १५ दिन पछि बल्ल उनले ग्यारेजमा काम गर्न पाए । बस्नको लागी ग्यारेजसंगै जोडिएको एउटा सानो कोठा व्यवस्था त्यहि ग्यारेजको साहूले गरिदिए ।sila-lekha3
उनी काम गर्ने ठाउँ नजिकै मार्वलका शिलामा अक्षर कुँदेर शिलालेख लेख्ने ठाँउ थियो । शिला कुँदेर राम्रो आम्दानि हुने देख्दा उनलाई सधै शिलामा अक्षर कुँदने काम सिक्न मन लाग्ने गरेको उनले बताउछन् । तर त्यो समयको उनको अवस्थामा ग्यारेजमा काम पाउनु नै ठूलो कुरा थियो । एक वर्ष ग्यारेजमा काम गरे पछि फुर्सदको समय निकालेरशिलामा अक्षर कुँदन सिक्न जान थालेको उनीले बताए ।
१ वर्ष लगातार सिके पछि उनी नेपाल फर्किए । नेपाल फर्किएर शिलालेख लेख्ने व्यवसाय गर्ने सोच भए पनि आर्थिक अभावका कारण उनको सपना सपना नै रहेको थियो । उनले १८ वर्षको उमेरमा विवाह गरे तर केही समय पछि सम्बन्धविच्छेद भयो ।
दिनहरु संघर्षमय नै थियो । आर्थिक अभाव, ज्याला मजदूरीमा दिन यसै वितिरहेको थियो । ज्याला मजदूरी गरेर घरपरिवार चलाई रहेका उनले केही पैसा जोगाएका थिए ।sila-lekha2
उनले १२ वर्ष अगाडी त्यही बचाएको पैसाले आफ्नै निवाशमा मार्वलमा अक्षर कुँदेर शिलालेख लेख्न थालेका हुन् । काम थालेको २ वर्ष पछि उनले दोस्रो विवाह गरे । हाल उनी ३ सन्तानका बुबा भै सकेका छन् । उनी माथि ५ जनाकको जिम्मेवारी छ ।
अडर अनुसार उनी सबै भाषामा शिलालेख तयार गर्ने गर्छन् । उनले बनाएका शिलालेख प्रदेश १ का थुप्रौ ठाँउसम्म विक्री हुने गरेका छन् । शिलालेख बाट राम्रै आमदानी हुने उनको पारिवारीक अवस्थाले पनि बताउछ । पहिला विराटनगरको तिनपैनीमा भाडाको घरमा बस्दै आएका उनको परिवार हाल पाञ्चाली चोकमा आफ्नै घरमा बस्दै आएको छ । ज्याला मजदूरीबाट आफ्नै व्यवसाय सम्म आइपुग्न उनले धेरै संघर्ष गर्नु परेको थियो । दुई छाक खानको लागी मुस्किल उनको परिवार आज यही शिलालेख व्यवसायबाट राम्रो संग चल्न थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.