ओमिक्रोन भाइरस नियन्त्रणको लागि पूर्व तयारीमा सामाजिक विकास मन्त्रालय

विराटनगर । ओमिक्रोन भाइरस नियन्त्रणको लागि प्रदेश सरकारले पूर्व तयारी राम्रोसँग गरेको सामाजिक विकास मन्त्री जयराम यादवले जानकारी गराउनुभएको छ ।
कोभिड १९ को नयाँ भेरियन्टको ओमिक्रोन भाइरस नेपालमा पनि देखा परेसँगै प्रदेश सरकारले तयारी सुरु गरेको मन्त्री यादवले बताउनु भयो ।
विराटनगरमा अनौचिारिक क्षेत्र सेवा (इन्सेक) ले बुधवार आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुराको जानकारी गराउनु भएको हो ।
कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा वेड थप गराइएको जानकारी गराउदै हाल २ सय भन्दा बढी वेड तयार गरिएको बताउनु भयो । त्यसका साथै अस्पतालमा अक्सिजन, भेन्टिलेटर पनि थप गरिएको जानकारी गराउनु भयो ।
Leave a Reply