जनकपुर । सप्ताहाव्यापी रुपमा चल्ने सीता– राम महोत्सवमा आज सीता–राम विवाह महोत्सव २०७८ मनाइँदैछ । आज विवाहपञ्चमी जनकपुरमा धुमधामका साथ मनाइँदैछ । प्राचिन मिथिलाको राजधानी जनकपुरमा हरेक वर्ष मिथिलावासीहरुले विवाह पञ्चमीका दिन प्रतीकात्मक सीता– रामको विवाह महोत्सव मनाउँदै आएका छन् ।
त्रेता युगमा अयोध्याका राजकुमार राम र मिथिलाकी छोरी सिताको विहे भएको सम्झनामा आज सीता– रामको विवाह महोत्सव मनाइँदै छ ।
मैथिली संस्कृतिअनुसार विवाह महोत्सव मनाइने क्रममा मिथिलाको राम मन्दिर र जनकपूरको जानकी मन्दिरबाट राम–सिताको प्रतिमालाई विशेष ूपमा सिँगारेर डोलामा राखी रङ्गभूमिमा लगि स्वयम्बर गरेर जानकी मन्दिरमा ल्याई विवाह संस्कार सम्पन्न गरिन्छ ।