कक्षा १२ को प्रमाणपत्र लिन अब राष्ट्रिय परिक्षा बोर्ड धाउनु नपर्ने

कक्षा १२ को प्रमाणपत्र लिन अब राष्ट्रिय परिक्षा बोर्ड धाउनु नपर्ने

काठमाडौं । कक्षा १२ पास गरेका विद्यार्थीहरुले अब प्रमाणपत्र लिनको लागि राष्ट्रिय परिक्षा बोर्ड धाउनु नपर्ने भएको छ । अब विद्यार्थीहरुले बोर्ड पुगेर निवेदन र दस्तुर बुझाएर प्रमाणपत्र लिनु नपर्ने व्यवस्था मिलाइएको राष्ट्रिय परिक्षा बोर्डले जानकारी दिएको छ ।
विद्यार्थीहरुले आफूले पढेको विद्यालयबाट प्रमाणपत्र लिन पाउने व्यवस्था राष्ट्रिय परिक्षा बोर्डले गरेको छ । सम्बन्धित विद्यालयले विद्यार्थीहरुको आवश्यक कागजपत्र र दस्तुर संकलन गरी बोर्डमा पठाउनु पर्ने छ र बोर्डले विद्यालयलाई प्रमाणपत्र पढाउने व्यवस्था मिलाइएको छ ।
कोरोनाको नयाँ भेरियन्ट ओमेक्रोन भाइरस नेपालमा पनि फेला परेको र भिडभाड कम गर्ने हेतुले विद्यालयबाट नै प्रमाणपत्र लिन सक्ने व्यवस्था मिलाइएको बोडले जनाएको छ ।
यस अघि राष्ट्रिय परिक्षा बोर्डले क्षेत्रिय कार्यलयबाट ट्रान्सक्रिप्ट, माइग्रेसन र प्रोभिजनल प्रमाणपत्र वितरण गर्ने व्यवस्था थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.