निश्चल राय हत्याको छानविनको माग राख्दै आजबाट चरणबद्ध आन्दोलन सुरु

निश्चल राय हत्याको छानविनको माग राख्दै आजबाट चरणबद्ध आन्दोलन सुरु

विराटनगर । मोरङ्ग बुढीगंगा– ४ हमत्तीमुडामा निश्चल राय मुत्यु प्रकरणको सत्य तथ्य छानविन गर्न माग राख्दै संघर्ष समितिले आजबाट चरणबद्धरुपमा आन्दोलन गर्ने भएका छन् । स्थानियले संघर्ष समिति गठन गरेर रायको हत्याका बारेमा उच्च स्तरीय रुपमा सत्य तथ्य छानविन गरि दोषिलाई कारवाही गरिनु पर्ने माग राख्दै आएका छन् ।
पटक पटक छानविनको माग गर्दै आए पनि प्रहरीले हत्याको बारेमा उचित तरिकाले छानविनमा गम्भीरता नदेखाएपछि आफूहरु चरणबद्ध रुपमा आन्दोलन गर्न लागेको संघर्ष समितिले बताएको छ । संघर्ष समितिले घटनाको बारेमा उचित छानविन हुनुपर्ने, मृतकलाई सहिद घोषणा गरिनुपर्ने, पीडित परिवारलाई क्षतिपूर्तिको व्यवस्था गरिनुपर्ने, शान्ति सुरक्षा कायम गरिनुपर्ने जस्ता माग राख्दै आएको छ ।
कात्तिक २२ गते घर नजिकै खेलिरहेका १४ बर्षीय राय अचानक हराएका थिए । भने २४ गते विहान सिंघिया खोलामा उनको शव पानीमा बग्दै गरेको अवस्था फेला परेको थियो । रायका परिवारले उनी हराएको खबर हराएकै दिने साँझमा प्रहरीलाई जानकारी गराएका थिए ।
संघर्ष समितिले हिजो सोमबार आन्दोलनको कार्यतालिका सार्वजनिक गरेको थियो । तालिका अनुसार आज अर्थात २१ गते विद्यार्थी प्रदर्शन र २४ गते बुढीगंगाामा एक घण्टा चक्का जाम गर्ने तयारी गरेको छ । यदि पिडित परिवारको मागलाई राज्यले सम्बोधन नगरेको खण्डमा पूणः २७ गते दुई घण्टा, २८ गते तीन घण्टा चक्काजाम गरिने त्यसका साथै पौष १ गते बुढीगंगाा र विराटनगर बजार बन्द गर्ने र २ गते मोरङ्ग जिल्ला नै बन्द गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.