विराटनगर । नेपालमा पनि कोरोना भाइरसको नयाँ ओमेक्रोन भेरियन्ट सोमबार स्वास्थ्य मन्त्रालयले पुष्टि भएको छ । सोमबार स्वास्थ्य मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सहप्रवक्ता समीर अधिकारीले नेपालमा पिन ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
एक जना ६६ वर्षीय विदेशी नागरिक र उनीसँग सम्पर्कमा रहेका ७१ वर्षीय नेपाली नागरिकमा यही मंसिर १९ गते ओमिक्रोन संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार उनीहरूको मंसिर ७ गते परीक्षण गरिएको थियो । सोमबार स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलनबाट प्रेस विज्ञप्ती जारी गर्दै सबै नेपाली नागरिकलाई सचेत रहन आग्रह गरेको छ ।