कक्षा १२ को नतिजा सार्वजनिक, ६३ हजारको ए प्लस

कक्षा १२ को नतिजा सार्वजनिक, ६३ हजारको ए प्लस

बिराटनगर । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा प्रकाशित भएको छ ।
यस बर्ष तीन लाख ७५ हजार १५ जना परीक्षामा सहभागी भएकोमा सात हजार ६३ जना परीक्षार्थीले ‘ए प्लस’ ल्याएका छन् । ‘ए’ ग्रेड ल्याउने परीक्षार्थीको सङ्ख्या ४० हजार २ सय ३९ छ ।
यसै गरी ७० हजार एक जना परीक्षार्थीले ‘बी प्लस’ ल्याएका छन् । ‘बी’ ग्रेड ल्याउने परीक्षार्थीको सङ्ख्या ९९ हजार ५ सय ५३ रहेको बोर्डले जनाएको छ । ‘सी प्लस’ ल्याउने परीक्षार्थीको सङ्ख्या ७५ हजार ८८ छ भने २४ हजार ५ सय १५ जनाले ‘सी’ ग्रेड प्राप्त गरेको परिक्षा बोर्डले जनाएको छ ।
तीन हजार ८ सय ७५ परीक्षार्थीले ‘डी प्लस’ र ‘डी’ ग्रेड ल्याउने परीक्षार्थीको सङ्ख्या २ सय ९६ छ भने १० हजार ७३ जनाले ‘ई’ ग्रेड ल्याएका छन् ।
कोभिड–१९ संक्रमणका कारण परीक्षा दिन छुटेका विद्यार्थीले भने गत बुधबारदेखि परीक्षा दिइरहेका छन् । बोर्डका अनुसार परीक्षामा ४१ विद्यार्थी सहभागी छन् । उनीहरूको परीक्षा सकिएको १० दिनभित्र प्रकाशित गरिनेछ ।
कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो । कोभिड(१९ को महामारीका कारण परीक्षाको तालिका सार्वजनिक गरेर पनि दुई पटक स्थगित भएको थियो । कोरोनाका कारण पटकपटक स्थगित भएर भदौमा भौतिक रूपमै विद्यार्थी उपस्थित भएर परीक्षा लिइएको थियो ।

नतिजा टेलिकमको वेवसाइटबाट हेर्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.