चितवन, सौराह । दशै राष्ट्र्रिय महाधिवेशनबाट नेकपा एमालेको अध्यक्षमा भिम रावललाई धेरै मतान्तर सहित भारीमतले केपी शर्मा ओली निर्वाचित भएका छन् ।
चितवनको सौराहमा गत मंसिर १० देखि १२ गतेसम्म भएको दशौँ राष्ट्रिय महाधिवेशनबाट पुनः ४ वर्षे कार्याकालका लागि ओली निर्वाचित भएका छन् । ओलीले एक हजार ८ सय ८ मतसहित विजय हासिल गरेका छन् भने अध्यक्षका अर्का प्रत्यासी भीम रावलले २ सय १३ मत पाएका छन् । अध्यक्ष ओलीले यसपालि सर्वसम्मत नेतृत्व चयनको प्रयत्न गरेका थिए । बन्दसत्रले नै उनलाई ३०१ केन्द्रीय सदस्यसहित पदाधिकारी चुन्ने सर्वाधिकार पनि दिएको थियो । तर त्यो प्रजातान्त्रिक पद्धति नभएको हुनाले प्रणालीमा जान नेताहरु दवाब दिए पछि एमाले चुनाबमा होमिएको थियो । त्यही अनुसार ओलीले सूची पनि बनाएका थिए । तर उनको सूचीमा असहमति जनाउँदै रावलले उम्मेदवारी दिएका थिए ।