शीर्ष नेता चयन गर्न नसक्दा कांग्रेसको अधिवेशन कार्यतालिका हेरफेर

शीर्ष नेता चयन गर्न नसक्दा कांग्रेसको अधिवेशन कार्यतालिका हेरफेर

विराटनगर । शीर्ष नेता चयन गर्न नसक्दा नेपाली कांग्रेसको अधिवेशन कार्यतालिका हेरफेर भएको छ । केन्द्रीय र प्रदेश सभामुख सहितको पदाधिकारीको टिम छनोट गरि टुंगो लगाउन नसक्दा अधिवेशनको कार्यतालिकामा हेराफेरी गर्नु परेको हो ।
मंसिर १५ मा मनोनयन दर्ता, १६ गते उद्घाटन र १७ गते मतदान गर्ने गरी प्रदेश अधिवेशन सक्ने कार्यतालिका बनाइएको थिया भने अब मंसिर १८ गते बिहान ८ बजेदेखि मतदान गर्ने भनिएको छ ।262748032_458585775629015_2976913190851282408_n
केन्द्रीय निर्वाचन समितिले जारी गरेको नयाँ कार्यतालिकाअनुसार अब मंसिर १७ गते मात्रै प्रदेशमा उम्मेदवारहरूले मनोनयन दर्ता गर्न पाउँछन् । केन्द्रीय निर्वाचन समितिका अनुसार मंसिर २४ गते मात्रै मतदाता नामावली प्रकाशन गरिन्छ ।
उम्मेदवारको मनोनयन दर्ता २५ गतेलाई तोकिएको छ । कांग्रेसले यसअघि मंसिर २४ मा महाधिवेशन उद्घाटन र २५ गते मतदान गर्ने बताएको थियो ।
तर अब मंसिर २७ गते बिहान ८ बजेबाट मतदान सुरू गर्ने गरी कार्यतालिकामा हेरफेर गरिएको हो । यसअघि कांग्रेस केन्द्रीय समितिबाट मंसिर २४ देखि २६ सम्म काठमाडौंमा १४ औं महाधिवेशन गर्ने कार्यतालिका अनुमोदन गरिएको थियो ।
स्रोतः सेतोपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.