विराटनगर आँखा अस्पतालको ठगी प्रकरण, अस्पताललाई तिनलाख जरिमाना

विराटनगर आँखा अस्पतालको ठगी प्रकरण, अस्पताललाई तिनलाख जरिमाना

विराटनगर आँखा अस्पतालको ठगी प्रकरण, अस्पताललाई तिनलाख जरिमाना
विराटनगर । विराटनगरकै विस्वासिलो मानिएको विराटनगर आँखा अस्पतालले सेवाग्राहीलाई ठगि गरेको पाइएको छ । अस्पतालले बजार मुल्य भन्दा चर्कौ मुल्यमा सेवाग्राहीलाई चस्मा बिक्री गरी ठगी गरेको पाइएपछि अस्पताललाई बाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले तीन लाख रुपँैया जरिमाना गरिएको छ ।
विराटनगर आँखा अस्पतालमा एक जना सेवाग्राहीले आफ्नो आँखा परिक्षण गराई सिफारिस बमोजिनको चस्माको लेन्स खरिद गर्ने क्रममा उनीलाई एक हजार दुई सय मुल्य बराबरको लेन्स दुई हजार छ सय रुपैँयामा बिक्री गरेपछि उनीले जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराएकी थिइन् ।
ठगी उजुरी परेपछि बाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरको टोलिले बजारमुल्य अनुगम गर्ने क्रममा अन्य अस्पतालभन्दा शतप्रतिशत बढी मुल्यमा लेन्स बिक्री गरेको पाइएपछि अस्पताललाई जरिमाना गराइएको बाणिज्य कार्यालय विराटनगरका प्रमुख सन्तोष पोखरेलले जानकारी गराए ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *