विराटनगर । (नेकपा) एमालेको केन्द्रिय कमिटी बैठक आज बस्दै छ । चितवन सौराहामा बस्न लागेको बैठक नवौं महाधिवेशनको अन्तिम बैठक हुने छ । नवौं महाधिवेशनबाट निर्वाचित हुने केन्द्रिय कमिटीको अन्तिम बैठक भरे राति ८ बजेबाट सुरु हुने महासचिव ईश्वर पोख्रेरले बताए ।
चितवनको नारायणी नदी किनारबाट आज एमालेको १० औं महाधिवेशको उद्घाटन हुँदैछ । उद्घाटन पछि भोलि विहान ८ बजेबाट बन्दसत्र सुरु हुनेछ ।