‘टुडे टिभि’ नाराका साथ विश्व टेलिभिजन दिवस मनाइदै

‘टुडे टिभि’ नाराका साथ विश्व टेलिभिजन दिवस मनाइदै

एन्जु शिवाकोटी, विराटनगर । ‘टुडे टिभि’ नाराका साथ आज विश्व टेलिभिजन दिवस नेपाल भर मनाइदैछ । आजको दिन अर्थात २१ नोभेम्बरका दिन प्रत्येक वर्ष विश्व टेलिभिजन दिवस मनाइने गरिन्छ ।
विश्वका विभिन्न देशहरुमा भइरहेका राजनीति, आर्थिक,सामाजिक गतिविधि, शान्ति सुरक्षा जस्ता विषयले समाजमा पार्ने प्रभावलाई मध्यनजर गर्दै संयुक्त राष्ट्रसंघको महासभाले १७ डिम्बर १९९६ का दिन २१ नोभेम्बरमा विश्व टेलिभिजन दिवस मनाउने निर्णय गरेको थियो ।
सन् १९२७ मा फिलो टेलर फन्सवर्थले टेलिभिजनको आविष्कार गरेका थिए । नेपालमा पहिलो पटक नेपाल टेलिभिजन २०४१ साल माघ १७ गतेबाट सुरु भएको थियो । हाल नेपालमा १ दर्जन बढी टेलिभिजन च्यानल नियमित प्रसारणमा छन् ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *