बिराटनगर । प्रमुख विपक्षी दल नेकपा एमालेका सांसद नआएपछि प्रदेश १ को प्रदेशसभा बैठक आज बन्द भएको छ ।
मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठक भोलि विहान साढे ११ बजेसम्मका लागि स्थगित भएको हो ।
आज मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिने तयारी थियो । प्रदेश सभा बैठक केही सेकेण्डको चलाएर बुधबारसम्मका लागि स्थगित गरिएको छ ।
एमालेले आज नेपाल बन्द रहेकोले आफ्ना सांसदहरू उपस्थित हुन नसक्ने जानकारी गराएको थियो ।