यस बर्षको छठपर्ब समापन, छजिएका नहरहरु फेरी फोहोर हुने चिन्ता

यस बर्षको छठपर्ब समापन, छजिएका नहरहरु फेरी फोहोर हुने चिन्ता

अप्सरा कटवाल , बिराटनगर । विहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि यस बर्षको छठ पर्व सकिएको छ । उदाउँदो सूर्यलाई अर्घ दिन पुर्बी नेपालका तराईक्षेत्र नहर तथा नदी तलाउ तथा खोलाहरुमा सर्वसाधरणको भिड लागेको देखिन्थियो ।253555400_1669589963385295_330069118441227687_n
छठ पर्वका लागि विराटनगरको सिघींया, केसलीया तथा सुनसरी सिचाइ आयोगको नहरलगायत पोखरी किनारमा सजावट गरिएको थियो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस भनी सूर्यदेवलाई आरधना गरिएको थियो । उक्त समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।
कथा अनुसार सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुवात भएको विश्वास गरिन्छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइने जनविश्वास छ । मुख्यतः सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई भव्यता प्रदान गर्न ग्रामीणस्तरमा रहेका पोखरी, इनार, तालतलैयालगायत जलाशयलाई विभिन्न संघसंस्था र यूवा क्लबले सरसफाइ गरी बिजुली, पण्डाललगायतको व्यवस्था मिलाएका थिए । सफा र हरियो अनि सजावट भएको नहरको छेउछाउहरु, ताल पोखरी फेरी फोहोर हुने चिन्ता बढेको छ । यस तर्फ महानगरपालिका तथा स्थानीय निकाय लाग्नु जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.