छठपर्बको रौनक बिराटनगरमा आजै देखि शुरु, खोला र नहर झकीझकाउ

छठपर्बको रौनक बिराटनगरमा आजै देखि शुरु, खोला र नहर झकीझकाउ

डम्मर कुमार न्यौपाने, बिराटनगर । तराई क्षेत्रमा मनाईने छठ पर्बको रौनक बिराटनगरका नहर, ताल तलैयामा देखिन थालेको छ ।
विराटनगरमा हर्षोल््लासका साथ मनाइने छठपर्वको तयारी आजै देखि सुरुआत भएको छ ।
तिहार सकिएसँगै तराई– मधेसवासी छठ पूजाका सामग्री किनमेल गर्न गुन्द्री बजारमा व्यस्त देखिएका छन् । अहिले विराटनगरसहित सम्पूर्ण तराई–मधेसका प्रमुख बजारमा निकै चहलपहल बढेको छ ।
लक्ष्मी पूजाको चार दिनपछि अर्थात् कार्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट छठपर्व विधिवतरूपमा आरम्भ हुन्छ । छठ पूजाका लागि चाहिने सामग्री, हरियो तरकारी र फलफूल किन्नेको निकै भीडभाड देखिएको छ । खासगरी छठ पूजामा छठी मातालाई अर्पण गरिने प्रसादमा स्याउ, केरा, सुन्तला, पानी भएको नरिवल, उखु, हरियो बोडी, पानी सिङ्गडा, मुला, अदुवाको बोट पर्छन् । यो समय माटो तथा बाँसका सामग्री खरिद समेत गरिन्छ ।
अहिले छठपर्व मनाउनेहरू पोखरीको डिल र नदीतटको सरसफाइ गर्दै आफ्ना लागि पूजास्थल सुरक्षित बनाउन थालेका छन् । घाटमा लाखौँ रकम खर्चेर सरसफाइ, सजावट र व्यवस्थापनका लागि काम पनि धमाधम भइरहेको छ ।
विराटनगरको पुष्पलाल चोक, इक्र्रकाई, टंकीनहर, सिंघिया, केसलिया, सुनसरी मोरङको सिचाइ आयोजनाको नहर, पोखरीजस्ता स्थानमा सूर्य देवता र छठी माताको पूजा आराधनाका लागि विशेष साजसज्जा गर्न थालिएको छ । विराटनगर ११ पिचरामा स्थानिय युवा क्लब र संस्थाको अग्रसरतामा नहरलाई सिङ्गार्न जुटेका छन् ।
सोमबारदेखि सुरु भएको पर्वअन्तर्गत बुधबार साँझ अस्ताउँदो सूर्यलाई र बिहीबार विहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.