पत्रकार महासंघ केन्द्रीय कार्यालयमा फेरि तालाबन्दी

पत्रकार महासंघ केन्द्रीय कार्यालयमा फेरि तालाबन्दी

काठमाडौं । राजनीतिक भागबन्डाका आधारमा सदस्यता वितरण रोक्न माग गर्दै दुईजना पत्रकारले पत्रकार महासंघको केन्द्रीय कार्यालयमा आमरण अनशन सुरु गरेका छन् । महासंघका पाँचथर सभापति लवदेब ढुंगाना र इलामका सदस्य प्रेम अधिकारीले बुधबार विहान देखि केन्द्रीय कार्यालयमा तालाबन्दी गरी  अनशन सुरु गरेका हुन् ।  पत्रकार महासंघमा सदस्यता वितरणमा मनमरी हुन थालेको भन्दै चार बुदे माग राखेर उनीहरुले अनसन सुरु गरेको बताए ।

राजनैतिक भागबन्डाका आधारमा सदस्यता वितरण रोक्न, जिल्ला शाखा र प्रतिष्ठान शाखाको अधिवेशन तत्काल रोक्न, विधानविपरित बाहिरबाट ल्याइएका नयाँ सदस्यता र नविकरण कार्य फिर्ता गरी विधान बमोजिम नयाँ सदस्यता, नविकरण र स्थानान्तरणको अन्तिम टुङ्गो लगाएपछि मात्र अधिवेशन ६ महिना अघि तोक्न माग गरेका छन् । विधानविपरित संचालन गरिएका इलाम र ताप्लेजुङका जिल्ला अधिवेशन खारेजी गरी प्रतिनिधिहरुलाई कारबाहीको माग गरिएको छ ।

उनीहरुले लामो समयदेखि पत्रकारितामा निस्क्रिय रहेका, राजनीतिक कार्यकर्ता, सरकारी कर्मचारी र अन्य पेशामा संलग्न महासंघका साधारण सदस्यहरुको शुद्धिकरण अभियान तत्काल सुरु गर्न पनि माग गरेका छन् । यसअघि पनि नेपाल प्रेस युनियनले केन्द्रीय कार्यालयमा तालाबन्दी गरी तीनदिन पछि सहमतिमा खुलाएको थियो ।  इलाम, ताप्लेजुङ, दोलखा लगायतका जिल्लामा अझै तालाबन्दी कायमै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.