यूनिभर्सिटी अफ सन्डरल्यान्डका शैक्षिक कार्यक्रमहरू अब आईएसएमटी कलेज विराटनगरमा

यूनिभर्सिटी अफ सन्डरल्यान्डका शैक्षिक कार्यक्रमहरू अब आईएसएमटी कलेज विराटनगरमा

विराटनगर । बेलायतको यूनिभर्सिटी अफ सन्डरल्यान्डका शैक्षिक कार्यक्रमहरू अब आईएसएमटी कलेज विराटनगरमा सञ्चालन हुने भएको छ ।

काठमाडौँमा विगत १० वर्षदेखि बेलायतका शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको यस कलेजले अब विराटनगरमा नै सन्डरल्यान्ड विश्वविद्यालयको सम्बन्धनमा शैक्षिककार्यक्रमहरू सञ्चालनगर्न लागको हो ।

शैक्षिक  कार्यक्रम सञ्चालनकालागिआवश्यक सबै औपचारिकता पुरा भइसकेको आईएसएमटीले जनाएको छ ।
बेलायतका प्रमुख शहरहरू लगायत हङकङमा समेत सन्डरल्यान्ड विश्वविद्यालयको आफ्नै कलेज रहेका छन् । यो विश्वविद्यालयको सम्बन्धनमा विश्वका धेरै देशहरुमा शैक्षिक कार्यक्रम सञ्चालनहुँदै आएको छ ।

सन् २००१ मा बेलायतको पत्रिका ‘द गार्डियन’काअनुसार सन्डरल्यान्ड विश्वविद्यालय बेलायतको नयाँविश्वविद्यालयमध्ये पहिलो नम्बरमा पर्न सफलभएको जनाएको थियो ।

सन् २००५ मा ‘टाइम्स हाइअर एजुकेसन’को ‘बेस्ट स्टुडन्ट्स एक्सपेरियन्स’माशीर्ष स्थानहासिलगर्न सफलभएको थियो भने सन् २०१९ मा टाइम्स हाइअर एजुकेसनकै यूरोपियन टिचिङ ¥यांकिङमा २०१औं स्थानमा पर्न सफलभएको थियो ।

सोही विश्वविद्यालयको शैक्षिक कार्यक्रमबाट नेपालका विद्यार्थीले स्वदेशमै बेलायतको डिग्री प्राप्त गरी शैक्षिकलाभलिन सक्ने आईएसएमटीले जनाएको छ ।
आईएसएमटी कलेज यूनिभर्सिटी अफ सन्डरल्यान्डबाट संबन्धनपाउने पहिलो नेपाली शैक्षिक संस्थासमेत हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.