उमेरहदका कारण वाईसीएलबाट स्वतः विदाईमा परेकाबाटै भेला लम्बेतान

उमेरहदका कारण वाईसीएलबाट स्वतः विदाईमा परेकाबाटै भेला लम्बेतान

काठमाडाैं । लामो विवादपछि नेकपा (माओवादी केन्द्र)को सहायक संगठन योङ कम्युनिष्ट लीग नेपाल (वाईसीएल)को नेतृत्व टुंग्याउने जिम्मा अध्यक्ष प्रचण्डलाई दिइएको छ ।

आज बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले वाईसीएलको नेतृत्व चयन गर्ने जिम्मा प्रचण्डलाई दिएको हो ।

यस्तै, वाईसीएलको जारी भेला भोलिसम्म लम्बिने भएको छ । भोलि ११ बजेदेखि भेला सुरु हुने वाईसीएल नेपालका एक नेताले जनाए ।

वाईसीएलको विधानमा ४० वर्षे उमेरहदका कारण स्वतः विदाईमा परेका अहिलेका अध्यक्ष रामप्रसाद सापकोटा ‘दिपशिखा’ले संगठनमा तितरबितर पारेर आफू अनुकुल नेतृत्व चयनमा जुटेपछि वाईसीएलको नेतृत्व चयन लम्बेतान परेको हो ।

तर, गण्डकी र कर्णाली प्रदेशले केन्द्रीय समितिमा नाम पठाउन नसकेपछि भेला भोलिसम्मका भेला लागि स्थगित गरिएको जनाइएको छ । तर, मुल विवाद नेतृत्वच चयनमा परेपछि भेला लम्बिएको हो ।

वाईसीएलको अध्यक्षमा महासचिव सुबोधराज सेर्पाली, उपाध्यक्षद्वय सुमन देवकोटा ‘अब्दुल र यशोधा न्यापानेको दाबेदारी रहेको छ भने महासचिवमा सचिवद्वय ज्ञानेन्द्र बहादुर गुरुङ ‘कसम’ गणेश शाही, मिङ्माडण्डु शेर्पा र नवराज ढुंगाना ‘विश्वास’को दाबेदारी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.