हाेमपेज > ब्रेकिङ्ग न्यूज > अरनिको कलेजले सरकारी कोटामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थीहरुलाई सम्मान

अरनिको कलेजले सरकारी कोटामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थीहरुलाई सम्मान

विराटनगर । पुर्बाञ्चलको ख्याति प्राप्त र बिद्यार्थीहरुको रोजाईमा सधै पर्ने अरनिको कलेजलमा अध्ययन गरेका बिद्यार्थीहरुले नेपाल सरकारको बिभिन्न बिषयमा पुर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल हुने ३० जना विद्यार्थीलाई नगद तथा प्रमाण पत्रले सम्मान गरेको छ ।
कलेज परिसरमा एक कार्यक्रम आयोजना गरि एमबिबिएस, बीएसी नर्सिङ्ग, इन्जिनियरिङ्ग, कृषि तथा वनविज्ञान संकायमा पूर्ण छात्रवृतिमा नाम निकाल्ने ३० जना विद्यार्थीलाई नगदसहित सम्मान गरेको हो । कलेजले एमबिबिएस र बिडिएसतर्फमा १९ जना, इन्जिनियरिङ्गतर्फ ५ जना, कृषि तथा वनविज्ञान संकाया तर्फ ४ जना र नेथम तर्फ २ जना गरि जम्मा ३० जना विद्यार्थीले पूर्ण रूपमा छात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थीलाई नगद ५ हजार रुपैयाँको साथै कदर पत्रले सम्मान गरेको थियो । यसरी एमबिबिएस तथा बिडिएसतर्फ पूर्ण छात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थीहरूमा सागर मण्डल, उत्सा मुल्मी, रुपेश चौरसिया, आदित्य रिमाल, आरिफ खान, आस्मा शर्मा, प्रज्वल खनाल, आभाष गौतम, आयूष निरौला, समिर प्रसाइ, हेमा इसार, सार्थक ढुंगना, कृष्ण मण्डल, प्रतिष्ठा रेग्मी, भिक्टर माखिम, आरती कुमारी दास, कुुसम साह, पुनम साह, बिवेक कुमार मण्डल, रिया बस्नेत रहेका छन् । यस्तै इन्जिनियरिङतर्फ हेमन्त पञ्चारिया, सन्तोष कुमार साह, एलिना पराजुली, महमद अनवर मन्सुरी र अतुल कर्ण रहेका छन् । यसैगरि कृषि तथा वन विज्ञान संकायतर्फ गौरी शंकर गुप्ता, प्रार्थना सिलवाल, निरज मण्डल र देव कुमार महतो रहेका छन् ।सम्मानित हुने विद्यार्थीहरूलाई कलेजका प्रिन्सिपल राजेश कार्की, अध्यक्ष लक्ष्मी अधिकारी, संस्थापक संचालकहरू विकास खनाल, निलम अधिकारी, शैलेन्द्र झा, विलास लुइटेल र डा। भबेन्द्र निरौलाले सम्मान गरेका थिए ।

कार्यक्रममा बोल्दै एमबीबीएसमा नाम निकाल्ने विद्यार्थी सागर मण्डल, उत्सा मुल्मी र आदित्य रिमालले लगनसिल भएर अध्ययन गर्दा सफलता मिलेको बताए । अरनीको कलेजमा शिक्षकहरुले गुणस्तरीय शिक्षा दिएको कारणले गर्दा अहिले हामीले सफलता पाएको उनीहरुको भनाई थियो ।

कार्यक्रममा बोल्दै अरनीको कलेजका प्रिन्सिपल कार्कीले कलेजले गुणस्तीय शिक्षा दिन सधै लागि परेको कारणले विद्यार्थीले सफलता पाएको बताए । उनले गुणस्तीय शिक्षा प्रदान गर्न कलेजले कुनै कसुर बाँकी नराख्ने बताए ।

Facebooktwittergoogle_plusredditpinterestlinkedinmail
विराट खबर
विराटखबर.कम मोफसलको लोकप्रिय अनलाईन पत्रिका हो ।
https://biratkhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *