FacebooktwitterredditpinterestlinkedinmailFacebooktwitterredditpinterestlinkedinmail

काठमाडौं । पछिल्लो २४ घण्टामा २,२१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आठ हजार ८८ जनाको पिसिआर गर्दा एक हजार ७९३ र  ४ हजार १८ जनाको एन्टिजेन परीक्षण गर्दा ४१९ गरी जम्मा दुई हजार २१२ जनामा कोरोना पुष्टि भएको हो। योसँगै नेपालमा अहिले ३९ हजार २९८ जना सक्रिय संक्रमित छन्।

यसैगरी पछिल्लो २४ घण्टामा एक हजार ८६७ जना कोरोनाबाट निको भएका छन्।

कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ५२२, कास्कीमा २८७, ललितपुरमा १५४, मोरङमा १४१ र सुनसरीमा ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै भक्तपुरमा ६३, झापामा ४९, पार्वतमा ४७, रुपन्देहीमा ४५, सुर्खेतमा ३८, स्याङजामा ३७, सिन्धुपाल्चोकमा ३३ जनामा कोरोना संक्रमण देखिएको छ ।

बागलुङमा २३, म्‍याग्दीमा २०, काभ्रेपलाञ्चवकमा १९, पाल्पा र जुम्लामा १७/१७ जना, दाङमा १६, कालिकोटमा १३, कञ्‍चनपुरमा १२ र बाँकेमा ११ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

FacebooktwitterredditpinterestlinkedinmailFacebooktwitterredditpinterestlinkedinmail