स्वर्ण जितेकी चिनियाँ खेलाडीको तस्बिरले तरंग

स्वर्ण जितेकी चिनियाँ खेलाडीको तस्बिरले तरंग

एजेन्सी  बेइजिङ /  चिनियाँ खेलाडी होउ झिहुईले शनिबार टोकियो ओलम्पिकमा भारोत्तोलनतर्फ  ४९ किलोग्राम तर्फको प्रतिष्पर्धामा स्वर्ण पदक जितिन् । बेलायती समाचार संस्था रोयटर्सले छापेको होउको तस्बिरले चिनियाँ सामाजिक सञ्जाल प्रयोगकर्तामाझ मात्र होइन सरकारी अधिकारीहरूमा पनि तरंग ल्याएको छ, आक्रोशित बनाएको छ।

२४ वर्षीय होउजस्तै अरू चिनियाँ खेलाडीले पनि जारी ओलम्पिकमा स्वर्ण जितेका छन् । सोमबार बिहानसम्म ६ स्वर्णसहित चीन पदक तालिकाको शीर्ष स्थानमा छ।  तर अहिले चीनमा चर्चा पदकको भन्दा पनि होउको एउटा तस्बिरको भइरहेको छ।  चीनको सामाजिक सञ्जाल वेइबोका प्रयोगकर्ताले पनि उक्त तस्बिर प्रयोग गरेकोमा रोयटर्सप्रति आक्रोश पोखेका छन्। यसबारे ग्लोबल टाइम्सले पनि समाचार प्रकाशित गरेको छ। चिनियाँहरू पश्चिमा मिडियाप्रति आक्रोशित भएको अर्को पनि घटना छ। टोकियो ओलम्पिकमा चीनले पहिलो स्वर्ण जितेपछि अमेरिकी टेलिभिजन सिएनएनले समाचार लेखेको थियो। जसको शीर्षक थियो- चीनलाई स्वर्ण पदक…. र थप कोरोना संक्रमण . चिनियाँहरूले  सिएनएनले राखेको उक्त शीर्षकको पनि चर्को विरोध गरेका  थिए। सिएनएनले नियतवश दुई फरक घटनालाई शीर्षकमा राखेको थियो जुन आवश्यक नै थिएन भन्ने उनीहरूको तर्क थियो।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *