भोकै र समस्यामा परेका बिरामीका कुरुवालाई हरेक साझ निःशुल्क खाना–लायन्स क्लब अफ बिराटनगर एक्जिक्युटिभ

बिराटनगर । लायन जिल्ला ३२५ ए वानका दुई क्लबहरु लायन्स क्लब अफ बिराटनगर एक्जिक्युटिभ र लायन्स क्लब अफ रानी बिराटनगरको संयुक्त आयोजनामा दोस्रो लकडाउनको शुरुआत देखि नै मानब सेवामा लागेको छ । प्रदेश १ कै ठुला अस्पतालमा कोरोना महामारीका कारण बिरामीहरुका कुरुवाहरुलाई खाना, ड्रइफुड, पानी लगायत अन्य खाध्य पदार्थ निःशुल्क बितरण गरेको छ ।
विश्वव्यापी रुपमा फैलिएको यस कोरोना महामारीका समयमा लायन्स क्लब अन्तराष्ट्रीय अन्तर्गत लायन्स क्लब अफ बिराटनगर एक्जिक्युटिभ र लायन्स क्लब अफ रानी बिराटनगरको संयुक्त पहलमा लायन्सको मूल उद्देश्य हामी सेवा गर्छौं–लाई सार्थक पार्दै रोगले मरेपनि मान्छे भोकले मर्नु नपरोस भन्ने नारालाई सार्थक बनाउन बिगत १० दिन देखि बिराटनगरमा रहेका ठुला अस्पताल कोशी अस्पताल, बिराट मेडिकल कलेज र नोबेल अस्पतालमा लामो समय देखि भोकै रहेका कुरुवाहरुलाई खाना खुवाउन थालेको लायनका अध्यक्ष पियुस लोनियाले बताएका छन् ।
क्लबले बिराटनगरमा भएका कोशी अञ्चल अस्पताल, बिराट मेडिकल कलेज र नोबेलका साथै बिराटनगर भित्र रहेका अन्य अस्पतालहरुमा समेत हरेक दिन २ सय ५० प्याकेट खाना र ४ सय मिनरल बोतल पानी वितरण गर्दै आएको छ ।
यस अभियानमा प्रत्यक्ष रुपमा एक्जिक्युटिभका अध्यक्ष लायन पियुष लुनिया, रानीका वर्तमान अध्यक्ष जितु रजक, लायन घनश्याम राठी, लायन रानु गोयल साथै क्लबका अन्य पदाधिकारीहरुको समुहले काम गरीरहेको छ । पहिले आफुहरुले बिहान बेलुका खाना खुवाएको भएपनि अस्पतालका बिरामी तथा कुरुवाहरुले बिहान त बरु हामीले खाना पाउछौं तर साझलाई खाना खान समस्या हुने कुरा बताएपछि हरेक बेलुकी एकछाक मात्र खाना वितरण गर्न थालेका रानीका अर्का अध्यक्ष जितु रजकले बताए । बिराटनगरमा अहिले कोरोना रोगले साना तथा ठुला अस्पताल भरिभराउ छ । पिडितहरु खाना खान नपाएका र होटलहरु प्नि बन्द भएको हुनाले यस्ता सहयोगी हातहरुको खाँचो रहेको बिराट मेडिकल कलेज टंकीमा बिरामी कुरुवा चतरा सुनसरीबाट आएका प्रकास राउतले बताए । चर्को घाममा सडकमा जनताको जिउ ज्यान र रोगबाट बच्नका लागि अहोरात्र खटने प्रहरीलाई पानी, मास्क र सानीटयाजर अहिलेको आबश्यकता रहेको हुनाले त्यो तर्फ हाम्रो ध्यान भएको लायन रानु घोयलले बताए ।
Leave a Reply