उपमेयर मृत्यले सप्तरीमा १८ स्थानीय निकाय बुधबार बन्द

उपमेयर मृत्यले सप्तरीमा १८ स्थानीय निकाय बुधबार बन्द

प्रिन्स सन्तोष साहा, फत्तेपुर, सप्तरी । सप्तरी जिल्लाको सप्तकोशी नगरपालिकाका उपप्रमुख आशा चौधरीको निधनप्रति जिल्लाको सबै स्थानीय निकाय एक दिन बन्द भएको छ ।
सप्तरीको सबै १८ स्थानीय तह बन्द गर्नको लागि अनुरोध गर्देै समवेदना प्रकट गर्न जिल्ला समन्वय समितीले निर्णय गरेको हो ।
जिल्ला समन्वय समिति सप्तरीको कार्यालयमा पालिका प्रमुखहरुको बसेको बैठकले स्थानीय तह तथा सो मातहत रहेका सम्पूर्ण शाखा, उपशाखा र वडा कार्यालय बन्द गर्ने निर्णय गरेको जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवले विज्ञप्तिमा उल्लेख गरीएको छ । सप्तरीमा ९ नगरपालिका र ९ गाउँपालिका छन् ।
दुई साताअघि ज्वरो, रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या देखिएपछि स्थानीय स्वास्थ्य चौकी, फत्तेपुर मोडल पोलिक्लिनिक हुँदै उपचारका लागि चौधरीलाई विराटनगर लगिएको थियो । सात महिनाकी गर्भवतीसमेत रहनुभएकी चौधरीको विराटनगरस्थित विराट मेडिकल कलेज टंकीमा मङ्गलबार मृत्यु भएको हो । तीन दिनअघि गर्भमा रहेको शिशुलाई मृतावस्थामा निकालिएको थियो । आइसीयूमा राखेर उपचार गर्दा स्वास्थ्यमा सुधार नआएपछि उहाँलाई भेन्टिलेटरमा सारिएको थियो । मृतक चौधरीका पति र ७ वर्षीय एक छोरा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.