नेपालमा हालसम्मकै सर्वाधिक कोरोना संक्रमित–पछिल्लो २४ घन्टामा मात्रै ७२११ संक्रमित थप

नेपालमा हालसम्मकै सर्वाधिक कोरोना संक्रमित–पछिल्लो २४ घन्टामा मात्रै ७२११ संक्रमित थप

बिराटनगर । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ७ हजार २ सय ११ जना भन्दा बढी नयाँ संक्रमित थप भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
बितेको २४ घण्टामा देशभर १६ हजार १४७ जनाको आरटी–पीसीआर गर्दा ७ हजार १३७ जना र ६२३ जनाको एन्टिजेट परीक्षण गर्दा ७४ जना गरी कुल ७ हजार २ सय ११ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ लाख ३६ हजार ३० जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ६ सय १२ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण निको हुनेको संख्या २ लाख ८३ हजार ९ सय ९४ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा २७ जना संक्रमितको मृत्यु भएको छ । यो सँगै हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३२५ जना पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ४८ हजार ७११ जना छ ।
मन्त्रालयका अनुसार हालसम्म नेपालमा २५ लाख ४ हजार ४७६ जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ भने अहिले ४८ हजार ७११ जना आइसोलेसन र ६७ जना क्वारेन्टिनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.