बिपन्न परिबारका बिद्यार्थीहरुले पोशाक र ब्याग पाउदा दंग

बिपन्न परिबारका बिद्यार्थीहरुले पोशाक र ब्याग पाउदा दंग

बिर्तामोड । मेचि आधारभुत बिद्यालयमा अध्ययन गर्ने बिपन्न परिबारका छात्र–छात्राहरुले पोशाक र ब्याग बोकेर बिद्यालय जान पाउने भए पछि खुशीले दंग भएका छन् ।
उद्योगी एवम् समाजसेवी दीनबन्धु गोयलले नेपाली गाउँका विद्यार्थीलाई विद्यालय–पोशाक र स्कुल ब्याग अनि फिल्टर समेत निःशुल्क वितरण गरे पछि अबिभावक समेत मंख परेका छन् ।img_20210322_115246
भद्रपुर नगरपालिका वडा नम्बर–३ मा पर्ने डोलो गाउँमा रहेको मेची आधारभूत विद्यालयका १ सय ४१ विद्यार्थीलाई समाजसेवी गोयलले पोशाक र ब्याग वितरण गरेका हुन् ।
विद्यालयमा आयोजित समारोहमा गोयलले आफ्ना स्वर्गीय दाजु ओमप्रकाश गोयलका नाममा उक्त सामग्री वितरण गरे । उनी दाजु ओमप्रकाशका स्मृतिमा विगत एक दशकदेखि समाजसेवाका कार्यहरू गर्दै आइरहेका छन् ।
गोयलले विद्यालयका ७८ छात्रलाई सर्ट–पेन्ट तथा ६३ छात्रालाई सर्ट र फ्रक प्रदान गरे । यसबाहेक विद्यालयलाई उनले आफ्ना तर्फबाट खानेपानीको फिल्टरसमेत हस्तान्तरण गरे । विद्यालयका प्रधानाध्यापक चमकलाल राजवंशीले पोशाक, ब्याग र फिल्टरमा गरी २ लाख रुपैयाँ खर्च भएको बताएका छन् ।
समारोहलाई सम्बोधन गर्दै समाजसेवी गोयलले आफू भद्रपुरमै जन्मिएर माध्यमिक तहसम्मको शिक्षा आफूले यहीँ पाएको उल्लेख गरे । उनले आफ्ना दाजु ओमप्रकाशले पनि झापा जिल्लामा समाजसेवाका क्षेत्रमा महत्त्वपूर्ण योगदान पु¥याएको चर्चा गरे । ‘हामी दुबै यही क्षेत्रका भएकाले यस कार्यक्रमबाट दाजुको सानो सम्झना गरेको हुँ’, उनको भनाइ थियो, ‘हामी दुबै जना जुत्ता नलगाई खालि खुट्टामै बोरा बोकेर विद्यालय जान्थ्यौँ । हामी दुबैले दुःखका दिन पनि देखेका छौँ । त्यसैले आजका विद्यार्थीले सहज वातावरण पाऊन् भन्ने मेरो चाहना छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.