बिराटनगर । तत्कालिन बिराटनगर नगरपालिकाका पहिलो मेयर अशोक कोइराला गए राती १ बजे निधन भएको हो ।
प्रजातन्त्र पुनः स्थापनापछि कोइराला विराटनगरको पहिलो मेयर बनेका थिए । ७७ वर्षिय कोइरालाको गए राति १ बजे निधन भएको हो । श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई विराटनगरको न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । पार्टी सचिव मोदराज घिमिरेका अनुसार बुधबार बिहान कोइरालालाई अस्पताल भर्ना गरिएको थियो । निमोनियासमेत देखिएका उनी अचेत थिए ।
२०४९ मा विराटनगरको मेयर बनेका कोइराला तत्कालीन संविधानसभा सदस्य पनि हुन्।् । कांग्रेस मोरङको सभापतिसमेत भइसकेका कोइराला पूर्वप्रधानमन्त्री सुशील कोइरालाका भाइ हुन्।् ।