विराट एक्स्पो चैत्र ५ गतेदेखि एक महिना लाग्ने, खरिदमा ५० प्रतिशत सम्म छुट

विराट एक्स्पो चैत्र ५ गतेदेखि एक महिना लाग्ने, खरिदमा ५० प्रतिशत सम्म छुट

बिराटनगर । विराटनगरमा आउँदो चैत्र ५ गतेदेखि ‘विराट जुत्ता चप्पल व्यापार मेला २०७७’ को आयोजना हुने भएको छ ।
स्वदेशी उत्पादन प्रर्वद्धन गर्ने लक्ष्यका साथ विराटनगरमा आगामी चैत ५ गतेदेखि सो मेला लाग्ने भएको हो । छाता संगठन फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएशन अफ नेपालको आयोजनामा एक महिने जुत्ता चप्पल व्यापार मेला २०७७ आयोजना हुने भएको हो ।
विगत पाँच वर्षदेखि हुँदै आएको व्यापार मेलालाई आयोजकले यस वर्ष पनि निरन्तरता प्रदान गरेको हो । कोरोना महामारीका कारण बढ्दै गएको व्यापार घाटालाई न्युनीकरण गर्न तथा आर्थिक समृद्धि हाँसिल गर्नमा सहयोग पु¥याउन व्यापार मेलाको आयोजना गर्न लागिएको व्यापार मेलाका संयोजक होमनाथ उपाध्यायले बताए । मेलामा १६ भन्दा बढी नेपाली ब्राण्डका जुत्ता चप्पलहरुको खरिद बिक्री हुने जानकारी दिए ।
मेलालाई दैनिक २२ हजार बढी उपभोक्ताहरुले अवलोकन गर्ने आयोजकले जनाएको छ । मेलामा बि.एफ डियर हिल, शिखर, कोशेली, क्रसरोड, ब्याम्बु, रोयल, फस्टवक, सु–ल्याण्ड, रन, स्मार्ट, म्याजिक र हाईलाईफ सहित बिभिन्न ब्राण्डका ५ हजार बढी मोडेलका जुत्ता चप्पलहरुको खरिद बिक्री हुने आयोजकको दाबी छ । बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म चल्ने मेला विराटनगरको रङ्गेली रोडस्थित नेपाल बङ्गलादेश बैंकको उत्तरपट्टीको खाली संरचनामा गरिएको छ ।
स्वदेशी उत्पादनको प्रचारप्रसार र प्रर्वद्धनका लागी विगतका समयमा पनि पोखरा, बुटवल, काठमाण्डौं र हेटौंडा जस्ता नेपालका प्रमुख शहरहरुमा जुत्ता चप्पल व्यापार मेलाको आयोजना हुँदै आएको छ ।
मेलामा १२ वटा स्वदेशी कम्पनीहरुले उत्पादन गरेका २२ ब्राण्डका जुत्ताचप्पलहरु १० देखि ५० प्रतिशत छुटमा खरिद गर्न सकिने छ । मेलामा १ सय देखि १० हजार मुुल्यसम्मका जुत्ताचप्पलहरुको खरिद बिक्री हुने लक्ष्य राखिएको छ । फुटवेयरकै क्षेत्रमा करिब ३२ अर्ब बराबरको लगानी रहेको नेपालमा ९ करोड जोडी जुत्ताचप्पल आन्तरिक बजारको माग हो । जसमध्ये करिब ६३ प्रतिशत जुत्ता चप्पलहरुको आपुर्ति आन्तरिक उत्पादनबाटै भएको छ । हाल यस क्षेत्रका उद्योगहरुमा करिब ५५ हजार मजदुरहरुले रोजगारी पाएका छन् भने एकतिहाई महिलाहरु प्रत्यक्ष रुपमा कार्यरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.