ओली सरकारमा सहभागी मन्त्रीलाई फिर्ता हुन माओवादीको निर्देशन

ओली सरकारमा सहभागी मन्त्रीलाई फिर्ता हुन माओवादीको निर्देशन

बिराटनगर । नेकपा (माओवादी केन्द्र)ले केपी ओली नेतृत्व सरकारमा सहभागी आफ्नो पार्र्टीका मन्त्रीलाई तत्काल फिर्ता आउन निर्देशन दिए पनि २३ जना एमालेमा नै रहने निणर्य गरेका छन् ।
कोटेश्वरस्थित पार्र्टी मुख्यालयमा शनिबार बसेको स्थायी कमिटी बैठकले मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको माओवादीले जनाएको छ ।
बैठकले ओली नेतृत्वको सरकारमा केन्द्रका तर्फबाट सहभागी भएका मन्त्रीलाई २४ घण्टाभित्र फिर्ता आउन निर्देशन दिएको छ ।
एमालेले केन्द्रीय सदस्य बनाएका माओवादी केन्द्रका २३ जना नेतालाई पार्टी परित्याग गरेको हो कि होइन भन्नेबारे निर्णय दिन २४ घण्टाको समयसिमा तोकेर लिखित जवाफ मागसमेत गरेको छ ।
माओवादीले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न चैत २ गतेका लागि बोलाएको कार्यकर्ता भेला अर्को निणर्य नभए सम्मका लागि स्थगित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.